काठमाडौं ।
टेक जायन्ट सोनीले सानो फोल्डेबल–स्क्रिन फोनमा काम गरिरहेको र कम्पनीले आफ्नो प्रिय कम्प्याक्ट सिरिजलाई पुनर्जीवित गर्न लागेको सम्भावना रहेको रिपोर्टहरूमा उल्लेख गरिएको छ। सन् २०१८ पछि कुनै पनि साना आकारहरूका फ्ल्यागशिप रिलिज नगरेको सोनीले मोबाइल बजारमा फेरि एक पटक ठूलो हलचल गराउनको लागि तयार देखिएको छ।
जापानी मिडिया सुमाहोडाइजेस्टकाअनुसार सोनीको फोल्डेबल डिभाइस सामसङको ग्यालेक्सी जेड फ्लिप ४ सँग मिल्दोजुल्दो हुने उल्लेख गरेको छ। यद्यपी सोनीको फोल्डेबल डिभाइसमा सामसङको ग्यालेक्सीको जस्तो बाहिरी स्क्रिन भने नहुने बताईएको छ। यस प्रकारको डिजाइन छनोटले पातलो र कम्प्याक्ट फर्म फ्याक्टर प्रति सोनीको प्रतिबद्धतालाई संकेत गर्दछ। साथै यदि उक्त रिपोर्टहरू साँचो भएको खण्डमा फोल्डेबल फोन बजारमा पहिले नै भेन्चर्ड गरिसकेका गुगल र सामसङ जस्ता मेनस्ट्रीम ब्रान्डहरूलाई समात्दै सोनीले फोल्डेबल डिस्प्लेहरू तर्फ हालको प्रवृत्तिलाई पूँजीकृत गर्न सक्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
त्यसैगरी चाखलाग्दो कुरा के छ भने केहि इनसाइडर्सले सोनीको उक्त आगामी फोल्डेबल फोनलाई एक्सपेरिया फोल्ड नाम दिन सकिने र उक्त फोन गेमिङ्ग क्षमताहरूमा सम्भावित हुनसक्ने अनुमान गरेका छन्। मोबाइल गेमिङको अत्याधिक लोकप्रियतासँगै सोनीले इमर्सिभ गेमिङ अनुभवको लागि अप्टिमाइज गरिएको टूल सिर्जना गर्न गेमिङ उद्योगमा आफ्नो विशेषज्ञताको लाभ उठाएको देख्नुलाई भने कुनै अचम्मको कुरा नहुने उल्लेख छ।
रिलिज मितिको बारेमा बिबरणहरू दुर्लभ रहेको र प्राविधिक उत्साहिहरूले सोनीको फोल्डेबल स्क्रिन फोनको थप अपडेटहरूको लागि उत्सुकताका साथ पर्खिरहेको उल्लेख गरिएको छ। कम्प्याक्ट डिजाइन, फोल्डेबल डिस्प्ले टेक्नोलोजी र गेमिङ क्षमताको सम्भावित संयोजनले यस डिभाइसलाई मोबाइल उद्योगमा ठूलो हिट बनाउन सक्ने दाबी गरिएको छ।
प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार