डाइमेन्सिटी ८२०० अल्ट्रा चिपसेटको साथ शाओमी सीभी ३ लन्च हुने

  • Technology Khabar | ५ जेष्ठ २०८०, शुक्रबार
डाइमेन्सिटी ८२०० अल्ट्रा चिपसेटको साथ शाओमी सीभी ३ लन्च हुने

काठमाडौं ।

चीनमा मात्र उपलब्ध कोशाओमी सीभी सिरिजमा चाँडै नै नयाँ सदस्य हुने र त्यस फोनबाट मिडियाटेकको सबैभन्दा–नयाँ चिपसेट बजारमा आउने उल्लेख गरिएको छ। डाइमेन्सिटी ८२०० अल्ट्राको साथ लन्च गर्ने शाओमी सीभी ३ पहिलो फोन हुने बताइएको छ।

साथै उक्त चिपसेट गत डिसेम्बरमा लन्च भएको डाइमेन्सिटी ८२०० को ओभरक्लक्ड भर्सन हुनसक्ने सम्भावना रहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

शाओमीले इमेज सिग्नल प्रोसेसिङ (आईएसपी) मा पनि सुधार गरेको पुष्टि गरेको छ। यसमा क्यामरा एपमा कम पावर खपत, द्रुत शूटिंग गति र ३० ओटा नयाँ भिडियो फङ्गसनहरू समावेश गरिएको र तिनीहरुलाई पछिको बिन्दुमा विस्तृत गरिने बताइएको छ।

अघिल्लो अफवाहहरूका अनुसार सीभी ३ एफएचडी प्लस रिजोलुसन र १२० हर्ज रिफ्रेस रेटको साथै ६.५५ इन्च एमोलेड डिस्प्लेको साथ डेब्यू हुनेछ। सिभि ३ मा सिभि २ को ३२ मेगापिक्सेलको फ्रन्ट–फेसिङ एक जोडी क्यामराहरु क्यारिड ओभर हुने अपेक्षा गरिएको छ।

त्यसैगरी सिभि ३ को पछाडि मुख्य क्यामराको रुपमा सुधारिएको ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८०० सेन्सर देखिने बताइएको छ। सिभि ३ मा ६७ वाटको फास्ट चार्जिङ्गको साथमा ४,५०० एमएएच ब्याट्रीको पनि अपेक्षा गरिएको छ।

प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार