
काठमाडौं ।
रेडमीले स्पष्ट रूपमा आफ्नो नयाँ ट्याब्लेट मोडलमा काम गरिरहेको बताइएको छ। साथै उक्त नयाँ ट्याब्लेट चाँडै नै लन्च हुनसक्ने सम्भावना रहेको छ।
यसैक्रममा हालै मात्र मोडल नम्बर २३०७३ आरपीबीएफजी बोकेको डिभाइस ईईसी वेबसाइटमा प्रमाणित भएको देखिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
चिनियाँ टेक जायन्टले नोटिफिकेसन नम्बर केजेडओओओओओओ६२४० र मोडल नम्बर २३०७३ आरपीबीएफजी सहित ईईसी प्रमाणीकरण प्राप्त गरेको बताइएको छ। यस बाहेक, सूचीले यस ट्याब्लेटको बारेमा अन्य कुनै विस्तृत राम्रो विवरणहरू दिएको छैन्।
तर नयाँ रिपोर्टको आधारमा उक्त आगामी ट्याब्लेट मोडललाई रेडमी एम८४ को रूपमा नामाकरण गर्न सकिने बताइएको छ। साथै रेडमी उप ब्रान्डले सामान्यतया ‘भ्यालु फर मनी सेगमेन्ट’लाई लक्षित गर्ने भएकाले उक्त नयाँ ट्याब्लेट मध्य दायराको ट्याब्लेट मोडल हुने सम्भावना रहेकोछ।
त्यसैगरी शाओमीको यो ट्याब्लेट मोडल यस वर्षको तेस्रो त्रैमासिकमा लन्च हुने अपेक्षा गरिएको छ। यद्यपी यस ट्याब्लेटको बारेमा अन्य कुनै विवरणहरू उपलब्ध नभएको उल्लेख छ।
प्रकाशित: ३ जेष्ठ २०८०, बुधबार