टेस्ला मोडल वाई जर्मनीमा सबैभन्दा धेरै बिक्री हुने ईभी

  • Technology Khabar | १ जेष्ठ २०८०, सोमबार
टेस्ला मोडल वाई जर्मनीमा सबैभन्दा धेरै बिक्री हुने ईभी

काठमाडौं ।

टेस्ला मोडल वाई २०२३ को पहिलो चार महिनामा जर्मनीमा सबैभन्दा धेरै बिक्री हुने ईभी बनेको छ। टेस्ला मोडल ३ ब्रान्डको सफलतालाई बलियो पार्दै पाँचौं स्थानमा रहन सफल भएको टेस्मानियनले उल्लेख गरेको छ।

सन् २०२२ को तुलनामा सन् २०२३ मा सवारी बिक्री जर्मनीमा बढ्दो क्रममा छ। केही सवारी उत्पादकले आफ्नो उपस्थितिलाई बलियो बनाइरहेका छन् भने केही उपभोक्ता गुमाइरहेका छन्। इलेक्ट्रिक सवारीमा चासो बढ्नुका साथै बिक्रीले पनि रेकर्ड तोडिरहेको छ।

जर्मनी युरोपको अटो उद्योगको मुटु मानिन्छ। दशकौंको लागि, जर्मन ब्रान्डहरूले धेरै लोकप्रियता पाएका छन्। दुई दशक अघि स्थापना भएको टेस्लाले जर्मनी लगायत विश्वभरका उपभोक्ताहरूको माया कमाउन सफल भइरहेको छ। कम्पनीले जर्मनीमा फ्याक्ट्री निर्माण गरेर मोडेल वाईको उत्पादनलाई प्रभावकारी रूपमा बढाउँदै लगिरहेको छ।

हालसम्म, गीगा बर्लिनले प्रति हप्ता ५ हजार कार उत्पादन गरिरहेको छ। यसको मतलब प्रति महिना २० हजार भन्दा बढी कारहरू युरोपभर बिक्री गरिन्छ र केही जर्मनीमा खपत हुन्छ। उच्च बिक्रीका कारण मोडल वाई जर्मनीमा सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कार बन्न पुगेको छ।

दोस्रो स्थानमा रहेका फक्सवागन आईडी डट ४ र आई डट ५ सयुक्त बिक्री ९ हजार ५०५ यूनिट छ। ७ हजार ३३५ यूनिट सहित फक्सवागन आईडी डट ३ तेस्रो स्थानमा छ। अडी क्यू ४ ई-ट्रोन र टेस्ला मोडल ३ क्रमशः ४ हजार ९७२ यूनिट र ४ हजार ७७६ यूनिट सहित चौथो र पाँचौ स्थानमा छन्।

गीगा बर्लिनका कारण २०२३ मा जर्मनीमा टेस्लाको बिक्री बलियो रहन पुगेको छ। यसबाट निर्माता वर्षको पहिलो चार महिनामा १७ हजार ४८७ यूनिट मोडल वाई बिक्री गर्न सफल भएको छ।

प्रकाशित: १ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार