
काठमाडौं ।
होन्डाले आफ्नो नयाँ इलेक्ट्रिक कार ईःएनवाई१ सार्वजनिक गरेको छ। होन्डाको नयाँ ईभी २०२३ को अन्त्यतिर बिक्रीका लागि उपलब्ध हुने कारवायरले उल्लेख गरेको छ।
यो ब्रान्डको पहिलो इलेक्ट्रिक एसयूभी हो। ईःएनवाईले ब्रान्डको इलेक्ट्रिक लाइनअपको लागि नयाँ डिजाइन प्रस्तुत गर्नेछ। जसमा ह्वाइट न्यू होन्डा लोगो समावेश हुनेछ।
ईःएनवाई कम्पनीको सानो हाईब्रिड एसयूभी एचआर–भी प्लेटफर्म जस्तै हुनेछ। दुवैमा समान आकारको ह्वीलवेस सहित ३४६ लिटरको ठूलो बुट स्पेट छ।
इलेक्ट्रिक एसयूभीको डिजाइन ईःएनवाई१ प्रोटोटाइप भन्दा धेरै फरक देखिँदैन। यो सन् २०२१ को शांघाई मोटर शोबाट प्रदर्शन गरिएको थियो।
ईःएनवाई१ फ्रन्ट ह्वील ड्राइभमा सिंगल इलेक्ट्रिक मोटरमा उपलब्ध हुनेछ। कारमा दिइएको ६२ किलोवाट आवर लिथियम ब्याट्रीले २०१ बीएचपीमा पावर जेनेरेट गर्छ। फूल चार्जमा कारले २४९ माइल रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
७८ किलोवाट को अधिकतम डीसी चार्जरबाट ४५ मिनेटमा १० देखि ८० प्रतिशत चार्ज हुने होन्डाको दाबी छ। ११ मिनेटको चार्जिङबाट ६२ माइल रेञ्ज बढ्ने होन्डाले बताएको छ।
होन्डा ईःएनवाई१ सँग कम्पनीको हाइब्रिड एचआर–भीको तुलनामा पूर्ण रुपमा आभरहाल गरिको केबिन छ। यसमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ, साथै इन्फोटेनमेन्टका लागि ड्यासबोर्डको बीचमा १५.१ इन्चको ठूलो पोट्र्रेट टचस्क्रिन छ।
त्यो विशाल टचस्क्रिनको इन्टरफेसलाई तीन ओटा भागमा विभाजन गरिएको छ। नेभिगेसन र स्मार्टफोन सफ्टवेयरको लागि टप सेक्सन, अडियो र ईभी फक्सनमा समर्पित सेन्ट्रल सेक्सन, बटम सेक्सन हिटिङ र भेन्टिलेसन नियन्त्रणहरूको लागि प्रयोग गर्न सकिन्छ।
होन्डा ईःएनवाई१को सुरुवाती मूल्य ४५ हजार पाउण्ड हुने अनुमान गरिएको छ।
प्रकाशित: ३० बैशाख २०८०, शनिबार