ह्वावेले युरोपेली बजारमा वाच ४ र वाच ४ प्रो को घोषणा गर्यो

  • Technology Khabar | २८ बैशाख २०८०, बिहीबार
ह्वावेले युरोपेली बजारमा वाच ४ र वाच ४ प्रो को घोषणा गर्यो

काठमाडौं ।

ह्वावेले जर्मनीको म्युनिखमा आयोजना गरेको लन्च कार्यक्रममा पी६० प्रो र मेट एक्स३ को युरोपेली बजारमा मूल्य निर्धारण र उपलब्धताको बारेमा विस्तृत विवरणहरू प्रस्तुत गरेको छ। साथै सोही कार्यक्रममा ह्वावेले वाच ४ र वाच ४ प्रो नामक नयाँ स्मार्टवाचहरूको जोडी पनि सार्वजनिक गरेछ।

प्रो मोडलमा सफायर ग्लासको साथ १.५ इन्चको एलटीपीओ एएमओएलईडी स्क्रिन रहेको छ। यसको ४८ एमएमको केसिङ्ग (आवरण) टीसी४ टाइटेनियम अलोएबाट बनेको हुनाले उक्त केसिङ्ग नियमित टाइटेनियम भन्दा तीन गुणा बलियो भएको दाबी गरिएको छ। नियमित वाच ४ मा भने ४६ एमएमको स्टेनलेस स्टील केसिङ्गमा उपलब्ध भएको बताइएको छ। दुबै घडीहरूमा अलवेज अन डिस्प्ले कार्यक्षमता र नयाँ प्लानेटरी वाच फेस विकल्पहरू प्रशस्त हुनुका साथै ५एटीएम वाटर रेजिस्टेन्ट (पानी प्रतिरोधी) पनि रहेको उल्लेख गरिएको छ।

दुबै घडीहरूले १०० भन्दा बढी वर्कआउट मोड्स र सामान्य हेल्थ–ट्र्याकिङ  फिचरहरू ट्र्याक गर्न सक्ने बताइएको छ। वाच ४ सिरिजमा रहेको वान–मिनेटको सेभेन–पोइन्ट हेल्थ ओभरभ्यू नामक नयाँ फिचरले हार्ट रेट (मुटुको दर), एसपीओ२, इसीजी, स्किन टेम्प्रेचर (छालाको तापक्रम), आर्टिरियल स्टिफनेस (धमनीको कठोरता), तनाव र श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य डाटालाई एउटै रिपोर्टमा जम्मा गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी वाच ४ प्रोमा ईसिम मार्फत एलटीई कनेक्टिभिटीको थप लाभ पाउनुका साथै अनबोर्ड जीपीएस पनि रहेको बताइएको छ। वाच ४ को ब्याट्री लाइफ सामान्य उपयोग गरेको खण्डमा तीन दिन टिक्ने बताइएको छ भने वाच ४ प्रो ४.५ दिन सम्म टिक्ने उल्लेख गरिएको छ। साथै पावर–सेभिङ मोड्सले वाच ४ मा १४ दिन र प्रो मा २१ दिनसम्म इन्डुरेन्स विस्तार गर्न सक्ने बताइएको छ।

ह्वावे वाच ४को कालो फ्लोरोइलास्टोमर स्ट्र्यापको मूल्य ४५० युरो रहेको छ। त्यसैगरी टाइटेनियम स्ट्र्याप ४ प्रो को मूल्य ७०० युरो रहेको छ। साथै ब्राउन लेदर स्ट्र्याप अप्सनको मूल्य ५५० युरो पाउण्ड रहेको छ। ह्वावे वाच ४ सिरिज आगामी हप्तादेखि युरोपमा खुल्ला बिक्रीमा जाने तयारी गरिएको बताइएको छ।

प्रकाशित: २८ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार