
काठमाडौं ।
स्विडेनी अटोमोटिभ जायन्ट भोल्भोले आफ्नो सफल इलेक्ट्रिक भेहिकल पोर्टफोलियो विस्तार गर्न जारी राखेको छ। कम्पनीले यसअघि इलेक्ट्रिक लक्जरी एसयूभी मोडल ईएक्स९० ल्याएको थियो र यस मोडलले एक्ससी९० सिरिजलाई प्रतिस्थापन गर्नको लागि तयार रहेको बताइएको छ।
त्यसैगरी कम्पनीको ईएक्स९० बजारमा आउनु अघि भोल्भोले एक ब्राण्ड न्यू मोडल अनावरण गर्ने घोषणा गरेको छ। उक्त नयाँ इलेक्ट्रिक मोडललाई भोल्भो ईएक्स ३० भनिने र यसलाई सानो एसयूभीको रूपमा वर्णन गरिएको छ। साथै यस सानो एसयूभीलाई आगामी जुन ७ मा ग्लोबल लन्च गरिने तय गरिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
केही हप्तादेखि भोल्भो ईएक्स३० भन्ने नामको चर्चा चलिरहेको र कम्पनीको हालैको घोषणाले चर्चामा रहेको उक्त नामको गाडीको अस्तित्व पुष्टि भएको उल्लेख गरिएको छ। पछिल्ला रिपोर्टहरुका अनुसार, अत्याधिक प्रतिक्षामा रहेको उक्त कार एक सानो एसयूभी हुने बताइएको छ। कम्पनीले ईएक्स३० लाई “स्मल इन साइज, बिग इन लाइफ” भनेर वर्णन गर्दै सानो सोचको महत्त्वलाई जोड दिएको उल्लेख गरिएको छ।
यस सानो एसयूभीलाई सी ४० रिचार्ज र एक्ससी ४० रिचार्ज समावेश गरिएको ४० सिरिजका विद्युतीय सवारीसाधनभन्दा तल राखिने अपेक्षा गरिएको छ। साथै यसलाई एक एसयूभीको रूपमा रिलिज गरिने भन्ने तथ्यले यो नयाँ एसयूभी ४० सिरिजको सी४० भन्दा अग्लो हुन सक्छ भनेर सुझाएको उल्लेख गरिएको छ।
भोल्भोको यस गाडीले युवा जमातलाई लक्षित गर्ने उल्लेख गरिएको छ। युवाहरुलाई लक्षित गरिएको हुनाले गाडी कम्प्याक्ट र स्पोर्टी हुने उच्च सम्भावना रहेको छ। यस नयाँ मोडलले ब्रान्डलाई इलेक्ट्रिक भेहिकल मार्केट (विद्युतीय सवारी बजार) को फराकिलो दर्शकमाझ पुग्न मद्दत गर्ने अपेक्षा गरिएको छ। साथै यसले गर्दा थप वृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
त्यसैगरी अब सबैको नजर जुन ७ मा हुने ग्लोबल लन्चमा रहेको छ। त्यस समयमा भोल्भोको नयाँ इलेक्ट्रिक एसयूभी मोडेल ईएक्स ३० बारे थप विवरण र जानकारीहरु पाइने अपेक्षा गरिएको छ।
प्रकाशित: २७ बैशाख २०८०, बुधबार