सिम्पल वान इलेक्ट्रिक स्कुटरको उत्पादन सुरु

  • Technology Khabar | २५ बैशाख २०८०, सोमबार
सिम्पल वान इलेक्ट्रिक स्कुटरको उत्पादन सुरु

काठमाडौं ।

इलेक्ट्रिक दुई पांग्रे निर्माता कम्पनी सिम्पल एनर्जीले सिम्पल वान इलेक्ट्रिक स्कुटरको उत्पादन सुरु गरेको छ। कम्पनीले शूलगिरी, तमिल नाडु स्थित फ्याक्ट्रीमा सिम्पल वान इलेक्ट्रिक स्कुटरको उत्पादन सुरु गरेको छ। लामो प्रतिक्षा पछि सिम्पल वान इलेक्ट्रिक स्कुटरको उत्पादन सुरु गरेको हो।

सिम्पल वान इलेक्ट्रिक स्कुटर बजारमा २३ मेमा लन्च गरिनेछ। यस इलेक्ट्रिक स्कुटरको ब्याट्री सबैभन्दा अधिक सेफ्टी स्ट्यान्डर्ड अनुसरण गर्ने कम्पनीको दाबी छ। साथै यो भारतमा उपलब्ध इलेक्ट्रिक स्कुटरमध्ये सर्वाधिक रेञ्जको हुनेछ।

सिम्पल वान इलेक्ट्रिक स्कुटरको माध्यमबाट कम्पनी इलेक्ट्रिक स्कुटर खरिद गर्न चाहने ग्राहकको मनबाट रेञ्जको भय अन्त्य गर्ने योजनामा छ। फुल चार्जमा सिम्पल वान इलेक्ट्रिक स्कुटरले २०० किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

यसका अतिरिक्त स्कुटरमा शक्तिशाली ८.५ किलोवाट (११.४बीएचपी) इलेक्ट्रिक मोटरमा उपलब्ध छ। यसले ७२ न्यूटन मिटर टर्क प्रदान गर्छ र यसमा ४.८ किलोवाट आवरको ब्याट्री प्याक छ। स्कुटरले १०५ किलोमिटर प्रति घण्टाको टप स्पीड प्रदान गर्छ।

एक अतिरिक्त ब्याट्री प्याकका साथ ३०० किलोमिटरको रेञ्ज प्रदान गर्छ। सिम्पल वान ईको मोडमा २३६ किलोमिटरको रेञ्ज प्रदान गर्छ। सिम्पल लूप चार्जरको मद्दतबाट सिम्पल वान इलेक्ट्रिक स्कुटर ६० सेकेन्डमा २.५ किलोमिटर रेञ्जसम्म चार्ज गर्न सकिन्छ।

इनबिल्ट ब्याट्रीबाट २.४५ घण्टामा ० देखि १०० प्रतिशत चार्ज हुन्छ। कम्पनीको रिमूवेबल ब्याट्री चार्ज गर्न अतिरिक्त ७५ मिनेट लाग्छ। यस्तोमा दुवै ब्याट्री चार्ज गर्न ४ घण्टा लाग्छ।

सिम्पल वान इलेक्ट्रिक स्कुटर २.७७ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टाको स्पीड प्राप्त गर्न सक्छ। ड्राइभस्पार्कको अनुसार सिम्पल वान इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख २० हजार भारु (एक्स शोरुम) हुन सक्छ।

प्रकाशित: २५ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...