काठमाडौं ।
एप्पलले आफ्नो वित्तीय त्रैमासिक नतिजाहरूको रिपोर्ट सार्वजनिक गरेको र उक्त नतिजाहरू विश्लेषकहरूले अपेक्षा गरेभन्दा राम्रो भएको उल्लेख छ। कुपर्टिनोले २०२३ को जनवरी र मार्चको बीचमा ९४.८ बिलियन डलर कमाएको रिपोर्टमा उल्लेख छ।
साथै रिपोर्टकाअनुसार यस वर्षको कमाइ गत वर्षको ९७.२ बिलियन डलरको तुलनामा ३ प्रतिशतले कम रहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
कम्पनीले वर्षको पहिलो तीन महिनाको अवधिमा आईफोनको बिक्रीमा रेकर्ड सेल भएको भन्दै पोस्ट गरेको बताइएको छ। त्यसैगरी कम्पनीले एप स्टोर, एप्पल म्युजिक, एप्पल पे र आईक्लाउड लगायतका सेवाहरूमा पनि अल–टाईम रेकर्ड राखेको उल्लेख गरेको छ।
वार्षिक वृद्धि दर गिरावट हुनुमा मुख्यतया म्याक्स र आईप्याडको कम प्रदर्शन बिक्रीबाट आएको बताइएको छ। सौभाग्यवश एप्पलको आईफोन राजस्व ५१.३ बिलियन डलर भएको र वार्षिक वृद्धि दर २ प्रतिशतले माथि भएको उल्लेख गरिएको छ।
साथै भारत, इन्डोनेसिया र टर्की जस्ता विकसित र उदीयमान बजारहरूमा वार्षिक आधारमा दोब्बर भएको थप बताइएको छ।
एप्पल सेवाहरूमा अहिले ९७५ मिलियन सशुल्क सदस्यताहरू रहेका छन्। सन् २०२२ को तुलनामा उक्त सदस्यताहरूको संख्या १५० मिलियन बढी भएको उल्लेख छ। त्यसैरी एक्टिभ डिभाइस इन्स्टल्ड (सक्रिय उपकरण स्थापना) अब स्थिर रूपमा २ बिलियन भन्दा बढी भएको प्रतिवेदनल खुलासा गरेको छ।
कम्पनीले “सन् २०३० सम्ममा कार्बन न्यूट्रल प्रोडक्टस् र आपूर्ति शृङ्खलाहरू निर्माण गर्नेतर्फ ठूलो प्रगति” सहित दीर्घकालीन रूपमा लगानी गरिरहने टिम कुकले स्पष्ट पारेका छन्। एप्पलले शेयरधनीहरूलाई २८.६ बिलियन डलर परिचालन नगद प्रवाह मध्ये २३ बिलियन डलर भुक्तान गरेको र लगातार एघारौं वर्षमा त्रैमासिक लाभांश बढाइएको सीईओले जानकारी दिएका छन्।
प्रकाशित: २५ बैशाख २०८०, सोमबार