
काठमाडौं ।
ह्वावे, जेटटीई र बीओई नामक तिन चिनियाँ टेक जायन्टस अन्डर डिस्प्ले क्यामरा सहितको उत्कृष्ट फोल्डेबल ओएलइडी स्क्रिन निर्माण गर्ने टोलीमा रहेको बताइएको छ।
प्रख्यात टिप्सटर डिजिटल च्याटस्टेसनकाअनुसार अत्याधुनिक डिस्प्ले टेकबाट लाभान्वित हुने सम्भावितरुपमा ह्वावेको पहिलो फोन भविष्यको फोल्डेबल मेट एक्स ४ स्मार्टफोन रहने छ। सामसङको ग्यालेक्सी फोल्ड ४ले उक्त स्क्रिन प्रविधिका साथ डेब्यु गरिसकेकाले मेट एक्स ४ स्क्रिनमुनि सेल्फी क्यामरा रहेको पहिलो फोल्डेवल स्मार्टफोन भने हुनेछैन।
स्क्रिन मुनी सेल्फी क्यामरा लुकाईएको तर सोचेजस्तो विश्वास पैदा नगरेको र गम्भिररुपमा गुणस्तरमा पनि कमी भएकोमा अन्ततः जेटटिई र ह्वावेले यो समस्या समाधान गरेको बताइएको छ।
नयाँ क्यु ८ ओएलईडी प्यानलले अन्ततः समस्या समाधान गर्ने चर्चा चलिरहँदा जेडटीईको विशेषज्ञता र बीओईको डिस्प्ले निर्माणको बिगतदेखीको अनुभवले पछिल्ला केहि पुस्तामा अन्डर डिस्प्ले क्यामरा प्रविधिमा अग्रगामी परिवर्तन र उल्लेखनिय सुधार गरेको छ।
नयाँ डिस्प्लेले २४८०x१११६ पिक्सेल रिजोल्युसन र हाई फ्रिक्वेन्सी १४४० हर्ज पिडब्ल्युएम डिमिङ प्रयोग गर्ने पनि बताइएको छ।
प्रकाशित: २२ बैशाख २०८०, शुक्रबार