
काठमाडौं ।
सोनी ग्रुपको कर्पको सेयर सेयर सोमबार ४.८ प्रतिशतले घटेको छ। जापानी इलेक्ट्रोनिक्स र इन्टरमेन्ट ग्रुपको नाफा बजारको अपेक्षाभन्दा कम भए पछि सोमबार त्यसको प्रभाव सेयर बजारमा देखिएको रोयटर्सले उल्लेख गरेको छ।
कम्पनीले शुक्रबार मार्च २०२३ मा समाप्त भएको वर्षको लागि रेकर्ड अपरेटिङ नाफा पोष्ट गरेको छ। यसको म्यूजिक र माइक्रोचिप यूनिटमा बलियो परर्फमेन्सबाट ड्राइभ छ।
चालु आर्थिक र्वाको कम्पनीको नाफा ३.२ प्रतिशतले घटेर १.१७ ट्रिलियन येन प्रक्षेपण गरेको छ। विश्लेषहरुको अनुसार १.७२५ ट्रिलियन येन नाफाको औसत अनुमान घटेको छ। कम्पनीले भिडियोगेम यूनिटको नाफामा ढिलो रिकभरी अपेक्षा गरिएको छ।
जेफरीज विश्लेषक अतुल गोयलले क्लाइन्टलाई एक नोटमा भने कि सोनीको दृष्टिकोण ‘अत्यधिक कन्जरभेटिभ छ,’ र यसको प्लेस्टेशन ५ गेम कन्सोल र गेम सफ्टवेयरले पेन्ट–अप मागबाट फाइदा लिन सक्ने सम्भावना छ।
सोनीले आपूर्ति शृङ्खलामा कोभिड–१९ को समयमा माग पूरा गर्न पर्याप्त पीएस५ उत्पादन गर्न संघर्ष गरेको छ। तर कम्पनीका अध्यक्ष हिरोकी तोटोकीले शुक्रबार कम्पनीले अब ग्राहकहरुले कन्सोलन प्राप्त गर्न पर्खिनु नपर्ने शुक्रबार बताएका छन्।
समूहले आगमी मार्चसम्म २५ मिलियन पीएस५ बेच्ने लक्ष्य राखेको छ।
प्रकाशित: १९ बैशाख २०८०, मंगलवार