जीएमले आफ्नो सस्तो र सफल ईभीको उत्पादन बन्द गर्ने

  • Technology Khabar | १६ बैशाख २०८०, शनिबार
जीएमले आफ्नो सस्तो र सफल ईभीको उत्पादन बन्द गर्ने

काठमाडौं ।

जनरल मोटर्सले आफ्नो सबैभन्दा सफल र सस्तो इलेक्ट्रिक कारको उत्पादन बन्द गर्ने घोषणा गरेको छ।

सेभ्रोलेट बोल्ट ईभी यस वर्षको अन्त्यमा फेज आउट हुनेछ र जीएमको अर्को जेनेरेसनको अल्टियम प्लेटफर्मको साथ डिजाइन गरिएका गाडीहरुको उत्पादनलाई गति प्रदान गरिनेछ।

‘हामीले अहिले सम्म प्रगति गरेका छौं कि अब सेभ्रोलेट बोल्ट ईभी र ईयूभीको उत्पादन बन्द गर्ने योजना बनाइएको छ, यो वर्षको अन्त्यमा हुनेछ,’ जीएम सीईओ मेरी बार्सले यस हप्ता कम्पनीको पहिलो त्रैमासिकको आय कलमा भने।

सेभ्रोलेट बोल्ट हाल मिशिगनको जीएमको ओरियन प्लान्टमा उत्पादन गरिन्छ। यसबाट अन्य सवारी साधनलाई सोही स्थानमा उत्पादन गर्न सकिनेछ।

सोही प्लान्टले जीएमका अन्य ठूला ट्रकहरु उत्पादन गर्न सुरु गर्नेछ।

प्लान्ट चेवी सिल्भेराडो र जीएमसी सिएरा ट्रकहरुको उत्पादनको तयारीका लागि पुन निर्माण गरिनेछ।

जीएमका लागि सेभ्रोलेट बोल्टको महत्व ठूलो छ। गत वर्ष उत्पादन गरिएका ३९ हजार ९६ जीएम इलेक्ट्रिक कारमध्ये ९८ प्रतिशत बोल्ट ईभी थिए। यो भनेको ३८ हजार १२० हो।

जीएमले २०२३ को पहिलो त्रैमासमा २० हजार ६७० ईभी उत्पादन गरेको छ। जसमा १९ हजार ७०० यूनिट सेभ्रोलेट बोल्ट रहेको दड्रिभनले उल्लेख गरेको छ।

प्रकाशित: १६ बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार