
काठमाडौं ।
सामसङ एसडीआई र जनरल मोटर्सले अमेरिकामा विद्युतीय सवारी साधनको ब्याट्री प्लान्ट निर्माण गर्न ३ अर्ब डलरभन्दा बढी लगानी गर्ने भएका छन्। दुई कम्पनीले मंगलबार अमेरिकामा विद्युतीय सवारी साधनको ब्याट्री प्लान्ट निर्माण गर्न ३ अर्ब डलरभन्दा बढी लगानी गर्ने बताएको जेडडीनेटले उल्लेख गरेको छ।
यो जोडीले आफ्नो जोइन्ट भेन्टर कहाँ निर्माण गर्ने भनेर टुंगो लाएको छैन। तर ३० गिगावाट आवर वार्षिक उतपदन क्षमताको लक्ष्य राखेको छ। यसको व्यावसायकि उत्पादन २०२६ मा सुरु हुनेछ।
प्लान्टबाट उच्च–निकेल प्रिज्म्याटिक र सिलिन्डर ब्याट्रीहरू उत्पादन गरिनेछ। यी ब्याट्री जनरल मोटर्सको भविष्यका इलेक्ट्रिक सवारीहरूमा प्रयोग गरिनेछ।
यो दक्षिण कोरियाली ब्याट्री निर्माता सामसङ एसडीआईको अमेरिकी कार निर्मातासँगको पहिलो आपूर्ति सम्झौता हो र अमेरिकामा प्लान्टका लागि भने दोस्रो हुनेछ।
गत वर्ष सामसङ एसडीआई स्टेलान्टिससँगको यस्तै जोइन्ट भेन्चर कोकोमो, इन्डियानामा विद्युतीय गाडीको ब्याट्री प्लान्ट निर्माण गर्न २.५ बिलियन डलर लगानी गर्ने घोषणा गरेको थियो।
यस्तै जनरल मोटर्सले पहिले नै अर्को दक्षिण कोरियाली ब्याट्री निर्माता, एलजी इनर्जी सोलुसन, अल्टियम सेल्ससँग मिलेर विद्युतीय सवारी साधनको ब्याट्री जोइन्ट भेन्चरमा सञ्चालन गरिरहेको छ। तीन ओटा प्लान्ट निर्माण गर्ने योजना मध्येमा मिशिगनमा एउटा ब्याट्री प्लान्ट निर्माण भइरहेको छ।
प्रकाशित: १३ बैशाख २०८०, बुधबार