सीएटीएल र बीवाईडीले सोडियम आयन ब्याट्रीको बृहत उत्पादन सुरु गर्ने

  • Technology Khabar | ११ बैशाख २०८०, सोमबार
सीएटीएल र बीवाईडीले सोडियम आयन ब्याट्रीको बृहत उत्पादन सुरु गर्ने

काठमाडौं ।

ब्याट्री निर्माता सीएटीएले यस वर्षको चौथो क्वाटरमा सवारी साधनको लागि सोडियम आयन ब्याट्रीको मास उत्पादन शुरु गर्ने योजना बनाएको छ।

सीएटीएलको सोडियम आयन ब्याट्री चेरी अटोमोबाइलको आईकार ब्रान्डको पहिलो नयाँ कार मोडलमा इन्स्टल गरिनेछ। यसमा सोडियम आयन र लिथियम आयन ब्याट्रीको मिश्रित योजना अपनाइनेछ। यो मोडल यस वर्षको चौथो त्रैमासिकमा लन्च हुने अपेक्षा गरिएको छ। थप रुपमा सीएटीएलको सोडियम आयन ब्याट्रीहरु चेरीका न्यू इनर्जी भेहिकल क्यूक्यू आइसक्रिम र लिटिल एन्टमा आपूर्ति गरिनेछ।

सीएटीएलको सोडियम–आयन ब्याट्रीले चेरी मोडेलहरूमा डेब्यु गर्नेछ र दुबै पक्षहरूले एप३पी र सोडियम–आयन ब्याट्री क्षेत्रहरू कभर गर्ने संयुक्त ब्याट्री ब्रान्ड सुरू गर्ने केही दिन अघि सीएटीएलले घोषणा गरेको थियो।

३६केआरको रिपोर्ट अनुसार बीवाईडी फर्मको सेल्फ डेभलप्ड सोडियम आयन ब्याट्री पनि यस वर्षको अन्त्यमा मास उत्पादनमा प्रवेश गर्नेछ। यसलाई ओसियन सिरिजको सीगल मोडलमा अपनाइनेछ। बीवाईडीले सोडियम–आयन र लिथियम–आयन ब्याट्रीहरूको हाइब्रिड योजना पनि अपनाउने योजना बनाएको छ।

लिथियम आयनको मूल्य वृद्धि र सिमित उपलब्धताका कारण बीवाईडी र सीएटीएल लगायत शीर्ष ब्याट्री उत्पादक कम्पनीहरुले सोडियम आयन टक्नोलोजीमा आफ्नो गतिलाई तीव्र बनाएका छन्।

प्रकाशित: ११ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार