हाई प्रोफाइल ट्विटर अकाउन्टमा ब्लू टिक फिर्ता

  • Technology Khabar | १० बैशाख २०८०, आईतवार
हाई प्रोफाइल ट्विटर अकाउन्टमा ब्लू टिक फिर्ता

काठमाडौं ।

ट्विटरले हाई प्रोफाइल् अकाउन्टमा ब्लू टिक सब्सक्रिब्सन शुल्क बिना दिन शुरु गरेको छ। बीबीसीका अनुसार १० लाखभन्दा बढी फलोअर भएका केही अकाउन्टमा सब्सक्रिप्सन शुल्क भुक्तानी नगरी ट्विटरले ब्लू टिक ब्याजहरु पुनः स्थापना गरेको हो।

बेयन्से, ह्यारी केन, रिचर्ड ओस्मान र भिक्टोरिया बेकह्याम लगायतले आफ्नो ब्लू टिक पुन प्राप्त गरेका छन्।

बीबीसी न्यूज ट्विटर अकाउन्टमा पनि फेरि गोल्ड ब्याज छ, तर यसको लागि भुक्तान गरिएको छैन।

इलन मस्कले ट्विटर खरिद गर्नु चर्चित व्यक्तिहरुका लागि निःशुल्क ब्लू टिक दिने गरिन्थ्यो।

ब्लू टिकलाई प्रमाणीकरणको एक उपकराण्को रुपमा प्रयोग गरिन्थ्यो। यसलाई नक्कली अकाउन्ट र गलत जानकारीको प्रसार रोक्न मद्दत गर्न डिजाइन गरिएको थियो।

अब भने यो एउटा प्रतिक हो कि अकाउन्टले ट्विटर ब्लू भनिने प्रिमियम सेवाको सदस्या लिएको छ। भुक्तानी गरेर कुनै पनि अकाउन्टले यस्तो ब्लू लिन सक्नेछन्। ब्लू टिकका लागि मासिक ८ अमेरिकी डलर सब्सक्रिप्सन शुल्क भुक्तानी गर्नु पर्ने हुन्छ।

प्रकाशित: १० बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार