
काठमाडौं ।
सरकारले बालबालिकाका लागि अनुपयुक्त अनलाइन सेवाहरुमा पहुँच निषेध गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को मस्यौदामा बालबालिकाका लागि अनुपयुक्त अनलाइन सेवाहरुमा पहुँच निषेध गर्ने उल्लेख गरिएको छ।
सूचना प्रविधिको तीव्र विकाससँगै बालबालिकाहरुमा पनि इन्टरनेटको आकर्षण बढ्दो छ। यस्तोमा इन्टरनेटमा उपलब्ध हरेक सामाग्रीमा बालबालिकाहरुको सहज पहुँच स्थापना भइरहेको छ। यसले गर्दा युवाहरुका लागि तयार गरिएको सामाग्रीमा बालबालिकाहरुले सहज पहुँच पाइरहेका छन्। विश्वका धेरै देशहरुमा बालबालिका लागि भनेर छुट्टै सामाग्रीहरु निर्माण भइरहेका छन्। तर नेपालमा बालबालिका लागि नै भनेर तयार पारिएका सामाग्री नगन्य मात्रा छन्। सोही कारण नेपालका बालबालिकाहरु जोखिम युक्त अनलाइन सामाग्रीको चपेटामा पर्न सक्ने प्रवल सम्भावना छ।
बालबालिकालाई भनेर निर्माण गरिएको अनलाइनमा उपलब्ध सामाग्री मात्र उनीहरुको पहुँच स्थापना गर्ने लक्ष्य अनुसार राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को मस्यौदा तयार गरिएको छ।
प्रकाशित: ५ बैशाख २०८०, मंगलवार