
काठमाडौं ।
नेपाल मोबाइल बैंकिङको प्रयोगकर्ता घटे पनि कारोबार रकम भने बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्मका लागि सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा मोबाइल बैंकिङका प्रयोगकर्ता घटे पनि कारोबार रकम भने बढेको देखिएको हो।
फागुनमा मोबाइल बैंकिङबाट १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ। माघमा १ खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो। माघको तुलनामा फागुनमा १९ अर्ब ७० करोड ५० लाख रुपैयाँ बढी कारोबार भएको छ।
फागुनमा मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ९५ लाख २५ लाख ३५७ छन्। माघमा २ करोड ३६ हजार ५२४ प्रयोगकर्ता थिए। माघको तुलनामा फागुनमा मोबाइल बैंकिङ प्रयोगकर्ता ५ लाख ११ हजार १६७ ले घटेका छन्।
प्रकाशित: ४ बैशाख २०८०, सोमबार