अनर म्याजिक५ प्रो यूकेमा लन्च

  • Technology Khabar | २८ चैत्र २०७९, मंगलवार

काठमाडौं ।

अनर म्याजिक५ प्रो यस वर्ष लन्च गरिएको सबैभन्दा प्रभावशाली फ्ल्यागशिपहरू मध्येको एक  र यो अब युकेमा उपलब्ध भएको बताइएको छ। म्याजिक५ प्रो हरियो र कालो रङ्गहरूमा उपलब्ध हुनुका साथै यसको मूल्य ९४९.९९ पाउन्ड स्टर्लिंग रहेको उललेख गरिएको छ। साथै आगामी अप्रिल १९ देखि यसको अर्डरहरू सुरु हुने बताइएको छ। यो डिभाइस ईयू, ल्याटिन अमेरिका, र एशिया–प्यासिफिक बजारहरूमा चाँडै लन्च हुने भनी जीएसएमएरिनाले पुष्टि गरेको छ।

म्याजिक५ प्रोमा प्रिमियम डुअल–ग्लास कर्भड् डिजाइन, उत्कृष्ट १२० हर्ज एलटीपीओ ओएलईडी डिस्प्ले र स्न्यापड्रागन ८ जेन २ चिपसेट रहेको बताइएको छ। पछाडि रहेको तीनवटा ५० मेगापिक्सेलको क्यामेराहरूले उत्कृष्ट छवि क्याप्चर गर्नुका साथै धेरै राम्रो भिडियो गुणस्तर प्रदान गर्ने बताइएको छ। त्यसैगरी म्याजिक५ प्रोमा ६६वाट चार्जरको साथ चाँडै चार्ज हुने ५,१००एमएएचको ब्याट्रीले समावेश गरिएको बताइएको छ।

प्रकाशित: २८ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया