
काठमाडौं ।
चिनियाँ सर्च इन्जिन जायन्ट बाईदू वा बैदूले, एप्पलको एप स्टोरमा उपलब्ध एर्नी बोट एपको नक्कली प्रतिलिपिहरूलाई लिएर “प्रासंगिक” एप विकासकर्ताहरू र एप्पल इंक विरुद्ध मुद्दा दायर गरेको छ।
गत महिना लन्च गरिएको कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित ‘एर्नी’ बोटलाई अमेरिकामा विकसित च्याटबोट च्याटजीपीटीलाई चीनको सबैभन्दा नजिकको जवाफको रूपमा लिइएको छ।
रोयटर्सले रिपोर्टगरे अनुसार बाईदूले आफ्नो एर्नी बोट र एप्पल कम्पनीको नक्कली एप्लिकेसनको पछाडि रहेका विकासकर्ताहरू विरुद्ध बेइजिङ हाइडियन जन अदालतमा मुद्दा दायर गरेको बताएको छ।
“अहिलेसम्म, एर्नीसँग कुनै आधिकारिक एप छैन,” बाईदूले शुक्रबार आफ्नो आधिकारिक “बाईदू एआई” वीच्याट एकाउन्टमा पोस्ट गरेको विज्ञप्तिमा भन्यो।
उसले आफ्नो अदालतमा फाइल गरेको तस्बिर पनि पोस्ट गरेको थियो।
“हाम्रो कम्पनीको आधिकारिक घोषणा नभएसम्म, तपाईंले एप स्टोर वा अन्य स्टोरहरूमा देख्नुहुने कुनै पनि एर्नी एप नक्कली हो,” यसले भन्यो।
प्रकाशित: २६ चैत्र २०७९, आईतवार