अनलाइन बजार जीभीले नयाँ वर्षको अवसरमा ल्यायो ‘बब्बल नयाँ वर्ष सेल’

  • Technology Khabar | २६ चैत्र २०७९, आईतवार
अनलाइन बजार जीभीले नयाँ वर्षको अवसरमा ल्यायो ‘बब्बल नयाँ वर्ष सेल’

काठमाडौं ।

अनलाइन बजार जीभीले चैत २६ (९ अप्रिल) देखि वैशाख ९ गते सम्मको नयाँ वर्ष अभियान ‘बब्बल नयाँ वर्ष सेल’ लिएर आउने भएको छ।

कम्पनीले नयाँ वर्षको अफरमा धेरै-प्रतिक्षित मेगा उपहारका साथ विभिन्न सामग्रीहरु बिक्री गर्ने जनाएको छ। कम्पनीले नयाँ वर्षको अफरमा अनलाइनबा६ ५ हजार रुपैयाँ भन्दा बढिको खरिदमा मेगा गिभअवेमा सहभागी हुन सक्ने बताईएको छ।

नयाँ वर्ष २०८० मा छाला र कपालदेखि बच्चाको हेरचाह र घरपरिवारका लागि लोकप्रिय उत्पादनहरूमा ८० प्रतिशतसम्म छुट बचत गर्ने मौका दिएको छ।

यस्तैगरी आफ्नो अभियानको क्रममा सबै कुरा रु.९९ मा पनि उपलब्ध गराएको छ। यसको लागि अनलाइनमा प्रत्येक घण्टा नयाँ ड्रपहरू देखाउनेछ र सबै कुरा रु. ९९ मा किन्न सक्नेछन्।

यसबाहेक, १३.४ नामक योजना पनि रहेको छ र यसमा बिक्रेताहरुले आफ्नो पृष्ठमा नि:शुल्क ढुवानी, उपहार, छुट भाउचरहरू, फ्ल्यास बिक्री, कुपन कोडहरू, र अन्य धेरै जस्ता अद्भुत सम्झौताहरू राख्छन्।

यस्तै जीभीले रु.५०,००० मूल्यको गिभअवे योजना पनि बनाएको छ जहाँ १० भाग्यशाली ग्राहकहरूले १० विभिन्न शीर्ष ब्रान्डहरूबाट रु ५००० मूल्यको उपहार ह्याम्परहरू जित्ने मौका पाउनेछन्।

रु. १ मा गेम त्यहाँका सबै आमाहरूका लागि उत्साहजनक अफर दिने बताएको छ।, जहाँ तपाईंले रु.१ मा रु. ३० हजार मूल्यको बेबी पूल लिन सक्नुहुन्छ।

यी अफरहरु बाहेक, तपाईंले केही रिटेल थेरापी पनि गर्न सक्नुहुन्छ र यी बब्बाल कुपनहरू मार्फत तपाईंको नयाँ वर्षको किनमेलमा अतिरिक्त बचत गर्न सक्नुहुन्छ र रु. १००० सम्म छुट प्राप्त गर्न सक्नुहुन्छ। चेकआउटमा तिनीहरूलाई लागू हुने जीभीले जनाएको छ।

प्रकाशित: २६ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार