
काठमाडौं ।
अटोमोटिभ क्षेत्रमा चिनियाँ टेक दिग्गज ह्वावेको प्रमुख साझेदार, सेरेस समूहले यस क्षेत्रमा आफ्नो दाउ बढाउन अर्को नयाँ ऊर्जा वाहन (एनईभी) ब्रान्ड लन्च गरेको छ।
सेरेसले आधिकारिक रूपमा ल्यान्डियन (Landian) ब्रान्डको अनावरण गरेको छ र आफ्नो पहिलो मोडेल, प्लग-इन हाइब्रिड ई५मा ह्वावे र बीवाइडीबाट प्रविधि उपलब्ध गराएको सीएनईभीपोस्टले रिपोर्ट गरेको छ।
ल्यान्डियनको शाब्दिक अर्थ चिनियाँमा नीलो बिजुली हो। ब्रान्डलाई “ई युग” मा इन्टरनेट अफ एभरिथिङ इकोसिस्टमको निर्माणकर्ताको रूपमा राखिएको छ, जहाँ अक्षर ‘ई’ ले इलेक्ट्रिकलाई जनाउँछ।
सन् २०२३ सम्म, ल्यान्डियन ब्रान्डले ३४० अनुभव स्टोर र १६० वितरण केन्द्रहरू निर्माण गर्ने सेरेसले भनेको छ।
ल्यान्डियन ई५ (Landian E5) एक मध्यम आकारको एसयूभी हो, र यो पाँच र सात सिट संस्करणहरूमा उपलब्ध छ। यसको लम्बाइ ४,७६० मिमी, चौडाइ १,८६५ मिमी र उचाइ १,७१० मिमी छ भने २,७८५ मिमीको व्हीलबेस छ।
यो कार क्रमशः १३९,९०० युआन (२०,३३० डललर) र १५१,९०० युआनको प्रारम्भिक मूल्यका साथ दुई संस्करणहरूमा उपलब्ध छ।
ल्यान्डियन इ५ सेरेसको डीई-आई इलेक्ट्रिक ड्राइभ प्लेटफर्मद्वारा संचालित छ, जसले एफ३१ए १.५ लिटर पीएचइभी-विशेष इन्जिन र बीवाइडीको फिनड्रिम पावरबाट डिएचटी३०० इलेक्ट्रिक हाइब्रिड प्रणाली प्रयोग गर्दछ।
इन्जिनको अधिकतम पावर ८१ किलोवाट र अधिकतम टर्क १३५ एनएम छ भने विद्युतीय मोटरको अधिकतम पावर १३० किलोवाट र अधिकतम टर्क ३०० एनएम छ। यसले ७.४ सेकेन्डमा ० देखि १०० किमी/घन्टाको गति लिन सक्ने उल्लेख छ।
ल्यान्डियन इ५ इभी ह्वावेको कारको लागि हार्मोनीओएसको लाइट संस्करण, हिकार ३.० (HiCar 3.0) प्रणालीका साथ सुसज्जित छ, तर सेलफोनसंग निर्बाध कनेक्टिभिटी सहित सुविधाहरूलाई समर्थन गर्दछ।
प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार