आठ महिनामा नेपालमा २ अर्बको राउटर आयात

  • Technology Khabar | १३ चैत्र २०७९, सोमबार
आठ महिनामा नेपालमा २ अर्बको राउटर आयात
सांकेतिक तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९/८०को पहिलो ८ महिनामा नेपालमा २ अर्ब रुपैयाँभन्दा माथिको राउट आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म २ अर्ब ७ करोड ८३ लाख ७२ हजार रुपैयाँ बराबरको ५ लाख ३६ हजार ७५ यूनिट राउटर आयात भएको हो।

राउटरको आयातबाट सरकारले ३८ करोड ७६ लाख ३३ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

माघमा १ अर्ब ७७ करोड १५ लाख ४२ हजार रुपैयाँ बराबरको ४ लाख ६९ हजार ३४ यूनिट राउट आयात भएको थियो।

फागुन महिनामा मात्र नेपालमा ३० करोड ६७ लाख ९२ हजार रुपैयाँ बराबरको ६७ हजार ४१ यूनिट राउटर आयात भएको छ।

नेपालमा १७ मुलुकबाट राउटर आउने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

चीनबाट २ अर्ब २ करोड ९१ लाख ४९ हजार रुपैयाँ बराबरको ५ लाख ३० हजार ५६४ यूनिट राउट नेपाल भित्रिएको छ।

हंगकंगबाट ६३ लाख ६० हजार रुपैयाँ बराबरको ३ हजार १९४ यूनिट राउटर नेपाल ल्याइएको छ।

भारतबाट ६४३, जर्मनीबाट ७, इन्डोनेसियाबाट १, लाटभियाबाट ३३५, लिथूनियाबाट १५, मलेसियाबाट २५, म्याकसिकोबाट २, कतारबाट ११, साउदी अरबबाट २, सिंगापुरबाट १, ताइवानबाट १ हजार २३८, यूएईबाट १७, बेलायतबाट ३ र अमेरिकाबाट १६ यूनिट राउटर आयात भएको देखिन्छ।

प्रकाशित: १३ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १३ चैत्र २०७९, सोमबार

NOC from Nagarik App

  • १३ चैत्र २०७९, सोमबार

E-pension verification system launched

  • १३ चैत्र २०७९, सोमबार