काठमाडौं ।
एप्पलको फोल्डेबल आईफोनको लागि आफ्नो नयाँ पेटेन्टलाई लिएर टेक उद्योगमा धेरै चर्चा भइरेको छ। कम्पनीले हालै मात्र उक्त स्क्रिनहरू सुरक्षित गर्नको लागि भनेर नयाँ प्याटेन्टहरू प्राप्त गरेको उल्लेख छ। साथै यी सबै पक्षहरुले निकट भविष्यमा फोल्डेबल आईफोनको सम्भावित रिलीज हुन सक्ने संकेत गरेको गीगचाइनाले रिपोर्ट गरेको छ।
यसअघिका समाचारमा एप्पलको फोल्डिङ्ग स्क्रिन पेटेन्टहरूले फोल्डेबल आईफोन मोडेलको सम्भावनालाई संकेत गरेको बारेमा चर्चा गरिएका थिए। यस फोनको स्क्रिन स्ट्रक्चरले ब्रान्डलाई यसको सुरक्षाको लागि आवश्यक पर्ने प्याटेन्टहरू ग्रहण गर्नुपर्ने आवश्यकताको माग गरेको थियो। साथै हरेक दिन प्याटेन्टका बारेमा आईरहेका थप र अधिक समाचारहरुले फोल्डेबल आईफोनको रिलीज धेरै टाढा नभएको संकेत गरेको बताइएको छ।
एप्पलले फोल्डेबल आईफोन र आईप्याड लन्च गर्ने तयारी !
एप्पलको पछिल्लो पेटेन्ट एप्लिकेसनको शीर्षक “स्क्रिन प्रोटेक्शन टेक्निक्स युजिङ सेल्फ–रिट्र्याक्टिङ डिस्प्ले डिभाइस एण्ड ड्रप डिटेक्शन“ रहेको छ। एप्लिकेसनको नाम केही टेक्निकल र बुझ्नलाई गाह्रो भएतापनि यसबाट निस्कने विवरणहरूले यस कुराको सार बताउने उल्लेख गरिएको छ। एप्पलको पेटेन्टले हवाइजहाजहरूमा पाइने भर्टिकल अल्टिच्यूड सेन्सरको प्रयोग गर्न सुझाव दिएको बताइएको छ। यस सेन्सरले जमिनबाट फोनको उचाइ गणना गर्ने बताइएको छ। साथै अचानक फोन उचाइबाट खसेको खण्डमा फोनको कमजोर स्क्रिन संरचनालाई बन्द गर्नेछ। यसलाई सुरक्षित गर्नको लागि स्क्रिनलाई उल्टो घुमाउन निर्देशन दिइएको बताइएको छ।
एप्पल सधैं टिकाउ फोनहरुको उत्पादन गर्न प्रतिबद्ध रहेको र कम्पनीको लागि यस पेटेन्ट प्रदर्शन गर्नको लागी अर्को तरिका रहेको उल्लेख छ। उदाहरणका लागि, आईफोन ५ एसले आफ्नो रिलिजको द्वौरानमा फोन सुरक्षात्मक प्रणाली पेटेन्ट प्राप्त गरेको थियो। जब फोन जमिनमा खस्न थाल्छ, फोनको पछाडिको सेन्सरहरूले यसलाई पत्ता लगाएर भाइब्रेसन मोटरहरूले फोनलाई घुमाएर जमिनमा नरम अवतरण प्रदान गर्दछन भनी सो पेटेन्टले बताएको उल्लेख गरिएको छ।
त्यसैगरी फोल्डेबल आईप्याडको अफवाह पनि बाहिर आएको छ। यस आईप्याडको मोडलको डिजाइन असुस जेनबुक १७ फोल्ड जस्तै हुने उल्लेख गरिएको छ। साथै यस आईप्याडलाई फोल्डेबल आईफोन भन्दा अघि लन्च गर्न सकिने बताइएको छ। यद्यपी नविनतम प्याटेन्ट फोटोहरूको फोकस आईफोनमा देखिएको उल्लेख गरिएको छ।
प्रकाशित: ५ चैत्र २०७९, आईतवार