फाइभजी नेटवर्क तिब्रगतिमा बनाउने देशहरु मध्ये एक भारत भएको दाबी

Technology Khabar ४ चैत्र २०७९, शनिबार

काठमाडौं ।

द्रुत गति र कम विलम्बता जस्ता फाइदाहरूका कारण नयाँ पुस्ताको सञ्चार प्रविधिको रूपमा धेरै देशहरूले सक्रिय रूपमा फाइभजी नेटवर्क निर्माण गरिरहेका छन्। भारतको फाइभजीको द्रुत विकास पनि प्रशंसायोग्य रहेको बताइएको छ।

एरिक्सन ग्लोबलका सीईओ बोर्जे एकहोल्मले २०२३ को अन्त्यसम्ममा ५जी स्प्रेडको सन्दर्भमा प्याकको नेतृत्व गर्ने बताएको सीएनएमओले उल्लेख गरेको छ। साथै उनले आफ्नो भनाइको तात्पर्य फाइभजीको प्रारम्भिक लन्च नभएर फाइभजी फैलाउने गति भएको स्पष्ट पारेको बताइएको छ।

एकहोल्मले एक अन्तर्वार्तामा भारतको फाइभजी रोलआउट गतिको प्रशंसा गरेका हुन्। साथै भारतमा उच्च दर्जाका सफ्टवेयर इन्जिनियरहरू पनि रहेको उनले दाबी गरेको र उनका लागि भारत महत्वपूर्ण बजार रहेको उल्लेख गरिएको छ।

“हामीले भारतमा २५ हजारलाई रोजगारी दिएका छौं र हामी हाम्रो आर एन्ड डी, सफ्टवेयर विकासका साथै अन्य कार्यहरू अगाडि बढाउने र सुदृढ गर्ने योजना बनाइरहेका छौं” उनले भने।

भारतमा उच्च–गतिको फाइभजी सेवा २०२२ को अक्टोबरदेखि टेलिकम सेवा प्रदायकहरूले उपलब्ध गराएका थिए। त्यसअघि, २०२२ को अगस्टमा सरकारले दूरसञ्चार सेवा प्रदायकहरूलाई पत्र पठाएको र उक्त पत्रहरूले उनीहरूलाई भारतमा फाइभजी सेवा सुरु गर्नको लागि तयार हुन आग्रह गरेको थियो। साथै भारतीय दूरसञ्चार उद्योगका लागि पेश गरिएको फाइभजी स्पेक्ट्रम लिलामीबाट बोलपत्रहरूको रकम आश्चर्यजनक रहेको उल्लेख छ।

फाइभजी प्रविधिलाई समर्थन गर्न उपकरणहरूको विश्वव्यापी रोलआउट अझै पनि प्रारम्भिक चरणहरूमा नै रहेको एकहोल्मको बताएका छन्। साथै यसमा चीनले नेतृत्व लिइरहेको र अमेरिका युरोपको तुलनामा तीव्र गतिमा बढिरहेको उनले दाबी गरेका छन्।

प्रकाशित: ४ चैत्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया