विज्ञान पार्क निर्माण हुँदै

  • Technology Khabar | २७ फाल्गुन २०७९, शनिबार
विज्ञान पार्क निर्माण हुँदै

काठमाडौं ।

दोलखा जिल्लाको शैलुङ गाउँपालिकाको फुजा माटामा मुलुककै ठूलो विज्ञान पार्क निर्माण हुने भएको छ।

शैलुङ गाउँपालिकाको बडा नम्बर ८ र मेलुङ गाउँपालिकाको वडा नम्बर १ सिमानामा बिज्ञान पार्क निर्माण हुने शैलुङ गाउँपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार पार्क निर्माणका लागि सामुदायिक वनले ५० रोपनी जग्गा उपलब्ध गराएको छ। बडाका तर्फबाट निर्माणका लागि सिफारिस गरिएको छ। बागमती प्रदेश सरकारले विज्ञान पार्क निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डीपीआर) निर्माण गर्न २५ लाख रुपियाँ उपलब्ध गराएको छ। डीपीआर निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ।

डीपीआर र विज्ञान पार्क निर्माणमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले प्राविधिक सहयोग गर्न लागेको छ। प्रतिष्ठानका डा. रवीन्द्र ढकालले भने, “डीपीआर निर्माणमा प्रतिष्ठानको प्राविधिक सहयोग रहनेछ । विज्ञान पार्क निर्माणमा पनि प्राविधिक सहयोग रहनेछ। पार्कले वैज्ञानिक तथा सांस्कृतिक पहिचान झल्काउने छ।”

स्थानीय स्रोत साधनलाई प्राथमिकता दिइने छ । उनले भने, “बिजुलीको हबजस्तै रहेको दोलखाको माथिल्लो तामाकोशी, चर्नावती सिप्रिङखोला, जिरीलगायतका दर्जनौं जलविद्युत् र आर्कमिडिजलगायतका सिद्धान्तका बारे खेल्दै बालबालिकाले अबधारणा बनाउन सक्ने पार्क हुनेछ। डीपीआर तयार भएलगत्तै विज्ञान पार्क निर्माणका लागि आवश्यक प्रक्रिया थाल्ने तयारी भइरहेको छ। भीमेश्वर नगरपालिकाले पनि बडा नम्बर ५ को बर्चेको डाँडापरी भन्ने सामुदायिक बनमा विज्ञान पार्क बनाउन सुरु गरेको भए पनि बजेट अभावले थन्किएर बसेको छ।”

नगरपालिकाका इन्जिनियर रामजी थापाले नगरपालिकाको २० लाख रुपियाँमा कम्पाउन्ड निर्माण गरिएको र डिपिआर पनि तयार भइसकेको बताए। गोरखापत्रबाट

प्रकाशित: २७ फाल्गुन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार