एप्पलको नेक्स्ट–जेन होमपड ७ इन्च डिस्प्लेको साथ २०२४ मा आउने

  • Technology Khabar | २७ फाल्गुन २०७९, शनिबार
एप्पलको नेक्स्ट–जेन होमपड ७ इन्च डिस्प्लेको साथ २०२४ मा आउने

काठमाडौं ।

२०२४ को पहिलो भागमा आगामी एप्पल होमपड लन्च हुने बारेमा मिङ–ची कुओले आफ्नो पछिल्लो रिपोर्ट प्रस्तुत गरेका छन्। ७ इन्चको डिस्प्ले प्यानल हुने उक्त डिभाइसलाई कुपर्टिनोको स्मार्ट होम रणनीतिमा ठूलो परिवर्तनको रूपमा चिन्ह लगाइएको उल्लेख गरिएको छ। साथै नयाँ डिस्प्लेले स्मार्ट होम डिभाइसबाट थप कार्यक्षमता र एप्पलको डिभाइसको इकोसिस्टम भित्र डिप इन्टिग्रेसनको लागि अनुमति दिने बताइएको छ।

टियान्मा माइक्रोइलेक्ट्रोनिक्सलाई (नेक्स्ट–जेनेरेसन) अर्को पुस्ताको होमपडको लागि डिस्प्ले प्यानलको विशेष आपूर्तिकर्ताको रूपमा उद्धृत गरिएको छ। साथै टियान्माले भविष्यमा एप्पल आईप्याडहरूको लागि डिस्प्ले अर्डरहरू प्राप्त गर्न सक्ने कुओले उल्लेख गरेका छन्। त्यसैगरी होमपड चलाउने टिभीओएस लन्च गर्ने एप्पलको योजनाको रहेको भन्ने बारेमा गत वर्षका अफवाहहरूले बताएको उल्लेख छ।

प्रकाशित: २७ फाल्गुन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...