
काठमाडौं ।
एनआईसी एशिया बैंकको कार्ड कारोबार तथा एटीएम र पोस सेवा बिहिबार बिहान बन्द हुने भएको छ।
बैंककाअनुसार फागुन २५ गते बिहान २ बजेदेखि ४ बजेसम्म यस बैंकको कार्ड कारोबारको स्विचिङ्ग सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम (नेप्स) मा कार्ड नेटवर्क म्यान्डेट इन्स्टलेशन कार्य हुने भएको छ।
सो समयमा यस बैंकमार्फत जारी गरिएका डेबिट, क्रेडिट र डलर कार्डहरुबाट हुने कारोबारहरुका साथै एटीएम र पोस सेवा अवरुद्ध हुने बैंकले जनाएको छ।
यसका साथै सो समय अवधिभर आवश्यक कारोबारको लागि यस बैंकको मोबाइल बैंकिङ्ग (एनआईसी एशिया मोबैंक) एप प्रयोग गर्न समेत अनुरोध गरेको छ।
ग्राहक महानुभावहरुलाई जानकारी !#NICASIABank #notice #awareness pic.twitter.com/biXWPc8kG2
— NIC ASIA Bank (@NICASIABank) March 8, 2023
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार