‘अटो रिन्यू’ हुनेगरि भास सेवा संचालन गरेपछि नेपाल टेलिकमलाई ५० हजार रुपैयाँ जरिवाना

  • Technology Khabar | २१ फाल्गुन २०७९, आईतवार
‘अटो रिन्यू’ हुनेगरि भास सेवा संचालन गरेपछि नेपाल टेलिकमलाई ५० हजार रुपैयाँ जरिवाना
नेपाल टेलिकमको भद्राकाली प्लाजा, सिंहदरबारमा रहेको केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी दूरसञ्चार कम्पनीलाई ५० हजार रुपैयाँ जरिवानासहितको कारबाही गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन विपरित अटो रिन्यू हुने गरि भास सेवा संचालन गरेको पाइएकोले कारबाही गरिएको जनाएको छ।

कम्पनीले यसअघि सेवाग्राहीहरुका लागि सुनको सिक्का उपहार योजनाअन्तरगत अटो रिन्यू सहितको अफर ल्याएको थियो।

उक्त अफरको बारेमा प्राधिकरणले कानून विपरित भएको भन्दै नेपाल दूरसञ्चार कम्पनि लिमिटेड (नेपाल टेलिकम)लाई प्राधिकरणको मिति २०७ फागुन १ को निर्णयानुसार दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम रु.५० हजार जरिवाना गरिएको हो।

यस बारेमा प्राधिकरणको निर्णयानुसार सेवा प्रदायकलाई आज २०७९ फागुन २१ को पत्र मार्फत जानकारी गराईएको छ।

उक्त जरिवाना बापतको रकम टेलिकमले ३० दिनभित्र तिर्नुपर्नेछ भने त्यस्तो सेवा १५ दिनभित्र बन्द गरिसक्नुपर्ने छ।

प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार