स्माटच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच सम्झौता, रेमिट्याप वालेटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी हुने

  • Technology Khabar | २१ फाल्गुन २०७९, आईतवार
स्माटच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच सम्झौता, रेमिट्याप वालेटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी हुने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र ‘क’ वर्गको वाणिज्य बैंक माछापुच्छ्रे बैंकवीच बैंकद्वारा संचालित रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरेका थिए।

बिगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय रेमिट्याप वालेटबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।

यस सम्झौतापछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्याप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगलमाथि प्रतिस्पर्धाविरोधी मुद्दा दायर

  • Technology Khabar
  • २१ फाल्गुन २०७९, आईतवार