
काठमाडौं ।
इलेक्ट्रिक मोबिलिटी स्टार्टअप युलु र बजाज अटोले भारतमा न्यू जनरेशन इलेक्ट्रिक स्कुटर मिराकल जीआर र डीईएक्स जीआर सार्वजनिक गरेको छ।
यी दुई इलेक्ट्रिक स्कुटरलाई बजाज अटोले भारतीय सडक अवस्था र मौसमलाई ध्यानमा राखेर डिजाइन गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
नयाँ इलेक्ट्रिक स्कुटरले अधिक रेञ्ज र पर्फमेन्स प्रदान गरेर उपयोगकर्तालाई नाफा दिने कम्पनीको दाबी छ। युलुमा बजाजको पहिलेदेखि नै साझेदारी छ। बजाजले चेतक इलेक्ट्रिक स्कुटर पनि बिक्री गर्दै आइरहेको छ।
बजाज अटोल युलुको सेकेन्ड जेनरेसनको इलेक्ट्रिक स्कुटरको उपकरण स्थानीय रुपमा तयार गर्नका लागि युलुलाई मद्दत गरेको हो। कम्पनीका अनुसार यो नयाँ तेस्रो जेनरेसनको इलेक्ट्रिक स्कुटर फुल प्रूफ, फल प्रूफ छ र ओटीए सपोर्ट पनि उपलब्ध गराइनेछ।
युलुका अनुसार नयाँ इलेक्ट्रिक स्कुटर ट्रयाक गर्न सकिन्छ। यो निजी र व्यावसायिक उपयोग दुवैका लागि प्रयोग गर्न सकिन्छ। कम्पनी अक्टोबर २०२३ सम्म करिब १ लाख इलेक्ट्रिक दुई पांग्रे बजारमा ल्याउने तयारीमा छ।
मिराकल जीआर र डीईएक्स जीआर दुवै स्मार्ट डोकलेस ईभी प्रविधिमा उपलब्ध छ। मिराकल जीआर २५ किलोमिटर प्रति घण्टाको अधिकतम गति प्रदान गर्न सक्षम छ। डीईएक्स जीआरमा लगेज क्यारियर पनि छ जसमा १५ किलोग्रामसम्मको वजन राख्न सकिन्छ।
प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार