
काठमाडौं ।
सोनीको एक्सपेरिया ५ कम्प्याक्ट फ्ल्यागशिप सिरिजले नयाँ सदस्य प्राप्त गर्न लागेको गीकबेन्चको एक नयाँ लिस्टिङ (सूची) ले सार्वजनिक गरेको छ। साथै उक्त लिस्टिङले आगामी फोनका केही विशेषताहरू पनि सार्वजनिक गरेको छ।
यस डिभाइसमा स्न्यापड्रागन ८ जेन २ चिपसेट समावेश गरिएको छ। साथै सोनीले १६ जीबी र्याम भेरियण्ट पनि तयार गरि रहेको सूचीले पुष्टि गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ। त्यसैगरी यस फोनले १६ जीबी र्यामको साथ हालसालै लन्च गरिएका फोनहरू आईक्युओओ ११ प्रो र वानप्लस ११ मध्येको कुनै एकसँग मेल खाने बताइएको छ।
विकास चरणमा नै रहेको एक्सपेरिया ५ भी को परीक्षणले अन्य स्न्यापड्रागन ८ जेन २ पावर्ड ह्यान्डसेटहरूको जस्तै समान कार्यसम्पादन देखाएको बेन्चमार्क सूचीले दाबी गरेको छ। यस फोनको मोडेल नम्बर एक्सक्यू–डीक्यू७२ रहेको र यस नम्बरले भविष्यमा लीकहरुमा पहिचान गर्न मद्दत गर्ने थप बताइएको छ।
प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार