आईफोन १५ प्रो को हिरो डार्क रेड कलरको रेण्डर

  • Technology Khabar | १३ फाल्गुन २०७९, शनिबार
आईफोन १५ प्रो को हिरो डार्क रेड कलरको रेण्डर

काठमाडौं ।

सेप्टेम्बरमा मात्र बाहिर आउने नयाँ आईफोनहरूका लागि यस बिन्दुबाट अझै आधा वर्षभन्दा बाँकी रहेको छ। तर अहिले नै आईफोन १५ को केहि सीएडी रेन्डरहरू देखा परेको बताइएको छ। गत हप्ताका अन्य रेन्डरहरू पछ्याउँदै उक्त लाइनअपको थप एउटा नयाँ तस्बिर आएको बताइएको छ।

उक्त रेन्डरमा आईफोन १५ प्रो अफवाह अनुसार हिरो कलरमा रहेको बताइएको छ। उक्त रङ्ग निकै नै गाढा रातो (डार्क रेड) भएको र यसको हेक्स कलर कोड ह्यास४१०डी०डी रहेको उल्लेख गरिएको छ।

यस अघि, प्रो लाइनको (विशेष हिरो रंग) एक्सक्लुसिभ हिरो कलर आईफोन १२ जेनेरेसनको लागि प्यासिफिक ब्लू, आईफोन १३ जेनेरेसनको लागि सिएरा ब्लू र हालको आईफोन १४ जेनेरेसनको लागि स्पेस ब्ल्याक र डीप पर्पल रहेको थियो। यस वर्षको पछिल्तिर आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स यही विशेष गाढा रातो संस्करणमा उपलब्ध हुने भएको र एप्पलको मार्केटिङ विभागले उक्त रङ्गलाई पक्कै पनि रोमाञ्चक नाम दिने बताइएको छ।

भेनिला आईफोन १५ र आईफोन १५ प्ल्सको लागि, एप्पलले गुलाबी (हेक्स कोड सीई३बी६सी) र हल्का नीलो (लाइट ब्लू)(०डीबी१ई२) विकल्पहरू प्रदान गर्ने बताइएको छ।

प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

India hosts AI summit as safety concerns grow

  • Technology Khabar
  • १३ फाल्गुन २०७९, शनिबार