
काठमाडौं ।
शाओमीले फेब्रुअरी २७ मा बार्सिलोनामा आयोजना हुने एमडब्लुसीमा आफ्नो फ्ल्यागसिप शाओमी १३ सिरिजलाई ग्लोबल मार्केट सामु लन्च गर्ने तयारीमा रहेको छ। यसैबीच शाओमीको भविष्यका फ्ल्यागशिप फोनहरूको लागि कम्पनीको योजनाहरूको बारेमा एक लीकस्टरले खुलासा गरेका छन्। कम्पनीले यस वर्ष शाओमी १३एस लाइनअप छोडेर शाओमी १३टी सिरिज चौथो क्वाटरमा लन्च गर्ने भएको छ।
शाओमीले गत वर्ष सुधारिएको १२एस लाइनअपमार्फत शाओमी १२ सिरिजलाई पछ्याएको थियो। उक्त लाइनअपमा स्न्यापड्रागन ८ प्लस जेन १ प्रोसेसर समावेश गरिएको थियो। साथै स्मार्टफोन इमेजिङको शिखर मानिएको शाओमी १२एस अल्ट्रा पनि उक्त लाइनअपमा समावेश थियो। यद्यपि, लीकस्टर डिजिटल च्याट स्टेशनले यो वर्ष शाओमी १३एस सिरिज नआउने दाबी गरेका छन्।
गत वर्ष आफ्नो फोनहरुमा स्न्यापड्रागन ८ प्लस जेन १ समावेश गरेको शाओमीले हाल शाओमी १३ डिभाइसहरुमा प्रभावशाली स्न्यापड्रागन ८ प्लस जेन २ प्रोसेसर समावेश गरेको बताइएको छ। साथै यो डिभाइसमा गरिएको एक महत्त्वपूर्ण अपग्रेड हो। क्वालकमले नयाँ स्न्यापड्रागन ८ प्लस जेन २ एसओसी जारी गर्न असम्भव रहेको हुनाले शाओमीको लागि सुधार गर्न केही ठाउँ छोडेको उल्लेख गरिएको छ। तसर्थ हालको १३ लाइनअपमा प्रभावशाली हार्डवेयरका बाबजुद पनि क्वालकमको नयाँ स्न्यापड्रागन ८ प्लस जेन २ एसओसी जारी नभएको हुनाले ब्रान्डले नयाँ १३एस सिरिज पेश नगर्नु अर्थपूर्ण हुन जाने उल्लेख छ।
कम्पनीले यस वर्षको अन्त्यमा थप किफायती शाओमी १३टी सिरिज जारी गर्ने लीकस्टरले बताए। साथै आगामी सिरिजका फोनहरू मध्ये एउटा फोन अहिलेसम्म जारी नगरिएको रेडमी के६० एक्सट्रिमको रिब्रान्डेड भर्सन रहने रिपोर्टमा उल्लेख गरिएको छ।
गत वर्ष पनि कम्पनीले समान रणनीतिलाई प्रयोग गर्दै रेडमी के५० एक्सट्रिम लाई शाओमी १२टी प्रो को रूपमा रिब्याज गरेको थियो। उक्त १२टीप्रो प्रो मा रहेको पहिलेको १०८ मेगापिक्सेलको क्यामरालाई प्रतिस्थापन गर्दै २०० मेगापिक्सेलको क्यामरामा अपग्रेड प्राप्त गरेको थियो।
प्रकाशित: ८ फाल्गुन २०७९, सोमबार