बीवाईडीले मध्य चीनमा १.२ बिलियन डलरमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने

  • Technology Khabar | २ फाल्गुन २०७९, मंगलवार
बीवाईडीले मध्य चीनमा १.२ बिलियन डलरमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने

काठमाडौं ।

बीवाईडीले वातावरणीय मूल्यांकन फाइलिङ अनुसार चीनमा ईभी ब्याट्रीको लागि नयाँ कारखाना निर्माण गर्न १.२ बिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ।

चिनियाँ कम्पनीको ब्याट्री यूनिट फिनड्रिम्स टेक्नोनलोजीले हेनान प्रान्तको झोझ्याङ शहरमा आफ्नो ब्लेड ब्याट्रीको प्रतिवर्ष ४० गिगावाट आवर उत्पादन गर्ने क्षमताको सुविधा निर्माण गर्ने लक्ष्य राखेको छ। यस परियोजनाको सम्बन्धमा झोङ्झाउ सरकारले आफ्नो वेबसाइटमा प्रकाशित गरेर जनताको प्रक्रिया लिन चाहेको छ।

रोयटर्सले सम्पर्क गर्दा कम्पनीका प्रवक्ताले यस विषयमा तत्काल प्रतिक्रिया दिएनन्।

बीवाईडीको ब्लेड ब्याट्री कम भारी लिथियम–आयरन–फस्फेट (एलएफपी) ब्याट्री हो। कम्पनीका अध्यक्ष वाङ चुआनफुले बजारका अन्य विकल्पहरू भन्दा सुरक्षित रहेको र आगो नपकड्ने बताए।

यसले चीनमा टेस्लाको मोडेल ३ सँग प्रतिस्पर्धा गर्ने हान र सिल सेडान जस्ता बीवाईडीको सबैभन्दा धेरै बिक्री हुने ब्याट्री इलेक्ट्रिक कारहरूलाई शक्ति प्रदान गर्दै आएको छ।

प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...