
काठमाडौं ।
टेस्लाले अमेरिकामा आफ्नो इलेक्ट्रिक सवारीको मूल्य समायोजन गरेको छ। कम्पनीले पछिल्लो दुई महिना भन्दा कम अवधिमा चौथो पटक मूल्य समायोजन गरेको हो।
टेस्लाले आफ्नो सम्पूर्ण ईभी लाइनअपमा ठूलो कतौती गरेर महिनाको शुरुवात गरेको थियो। मोडल वाईमा सबैभन्दा धेरै १३ हजार अमेरिकी डलरको कटौती गरिएको छ।
यद्यपि केहि हप्ता पछि अटोमेकरले मोडल वाईको मूल्य ५०० अमेरिकी डलरले समायोजन गरेको छ।
सीईओ इलन मस्कले मूल्य कटौतीले माग बढेकाले थप मूल्य वृद्धि हुन सक्ने संकेत गरेका छन्।
इलेक्ट्रेकले गत हप्ता टेस्ला मोडल वाईको मूल्य समायोजन हुने रिपोर्ट प्रकाशित गरेको छ। त्यसपछि मोडल वाई ३ बेसको मूल्य तल गएको थियो।
अब एक हप्ता पछि, टेस्लाले पुनः आफ्नो अनलाइन कन्फिगरेटरको केहि मूल्य परिवर्तनको साथ अपडेट गरेको छ।
अटोमेकरले बेस मोडल ३ को मूल्य फेरि ५०० अमेरिकी डलरले घटाएको छ। अब बेस मोडल ३ को ४२ हजार ९९० अमेरिकी डलरबाट शुरु हुनेछ।
मोडल ३ पर्फमेन्सको मूल्य उस्तै रह्यो, र टेस्लाले अझै पनि मानिसहरूलाई मोडेल ३ लङ रेञ्जको अर्डर गर्न दिइरहेको छैन।
सीईओ मस्कले दाबी गरेअनुसार टेस्लाले उच्च मागको कारणले विशेष ट्रिमको लागि अर्डरहरू लिन बन्द गर्यो। तर टेस्लाले मोडेल ३ अपडेट गर्न लागेको छ। जसले नयाँ अर्डरहरूमा रोकावटको व्याख्या गर्न सक्छ र थप मूल्य घटाउन सक्छ। यो चाँडै अपडेट हुन सक्छ।
मोडेल वाईको लागि, टेस्लाले आईतबार कन्फिगरेटरमा मूल्य समायोजन अपडेटको साथ मोडेल वाई पर्फमेन्सको मूल्य बढाउने निर्णय गरेको छ।
मोडेल वाई लङ रेन्जको नयाँ अर्डरको वेस भर्सनको मूल्य ५४ हजार ९९० अमेरिकी डलर छ।
जबकि मोडल वाई लङ रेञ्ज अर्डर गर्नको लागि उपलब्ध वेस ट्रिम हो। खरिदकर्ता अझै पनि मोडेल वाई स्ट्यान्डर्ड रेञ्ज एडब्ल्यूडी इन्भेन्टरी सवारी साधनहरूको प्राप्त गर्न सक्छन्। टेस्लाले उक्त भर्सनको मूल्य पनि बढाएको छ। यो अब ५०० अमेरिकी डलर थप महँगो छ। यो ५१ हजार ४९० अमेरिकी डलरबाट शुरु हुन्छ।
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार