यस्ता छन् नेपाल टेलिकमको सेवा विस्तार तथा वितरणका कार्यक्रमहरु

  • Technology Khabar | २२ माघ २०७९, आईतवार
यस्ता छन् नेपाल टेलिकमको सेवा विस्तार तथा वितरणका कार्यक्रमहरु

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकमको)को १९औं वार्षिकोत्सवको अवसरमा कम्पनीले हाल दिईरहेका सेवाहरुको विस्तार तथा नयाँ सेवा तथा वितरणका कार्यक्रमहरु सार्वजनिक गरेको छ।

कम्पनीले देशभर सेवा पुर्याउनुका साथै भीओवाईफाई सेवा संचालनसम्मको विषयलाई उल्लेखगरेको छ।

टेलिकमकाअनुसार देशका सबै वस्तीका बासिन्दालाई दूरसञ्चार सेवाको पहुँचमा ल्याई डिजिटल डिभाइड न्यूनीकरण गर्न दुर्गम र विकट स्थानहरुमा पनि दूरसञ्चार पूर्वाधारहरु निर्माण गरिने कार्यलाई तीव्रता दिइएको छ। यस अवधिमा ७७ वटै जिल्लाका ७३९ स्थानीय तहहरुमा फोरजी एलटीई सेवाको पहुँच स्थापित भएको छ। हाल थ्रीजी सेवा उपलब्ध भइरहेका अत्यन्त विकट र दुर्गम स्थानका रुपमा रहेका १४ वटा स्थानीय तहहरुमा पनि फोरजी सेवाको उपलब्धताका लागि अध्ययन भइरहेको छ।

कम्पनीकाअनुसार फोरजी विस्तार कार्य हाल सम्म ९८ प्रतिशत सम्पन्न भइसकेको छ। नेपाल टेलिकमले बृहत रुपमा एफटीटीएच सेवा विस्तार तथा पुरानो कपर नेटवर्कलाई विस्थापन गर्ने लक्ष्य अनुसार देशव्यापी रुपमा फाइबर नेटवर्क जडान गर्ने कार्य विगत केही वर्षदेखि गर्दै आएको छ।

यसअघि नै मुलुकका ६ वटा जिल्लामा विस्तार गरिसकिएको एफटीटीएच सेवा सबैतिर पुन्याउने योजनाका साथ कामहरु अघि बढेको छ। देशभरका टीडीएम प्रविधिमा आधारित धेरै टेलिफोन र इन्टरनेट सेवालाई फाइबरमा स्तरोन्नति गरिएको उल्लेख छ।
.
नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौता बमोजिम मध्य पहाड़ी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार आयोजना अन्तर्गत कम्पनीले प्रदेश १, मधेश प्रदेश, बारामती प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिरहेको छ। यस अनुसार चालु आ.व. को प्रथम अर्धवार्षिक अवधिमा प्रदेश १ मा कुल ५५ किमी र सुदूरपश्चिम प्रदेशमा कुल २०१ किमी थप अप्टिकल फाइबर नेटवर्क व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । हालसम्म १ हजार १४४ किमी अप्टिकल फाइबर विस्तार कार्य सम्पन्न भइसकेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा १० जीबीपीएस व्याकबोन नेटवर्कलाई पूर्ण रुपमा विस्थापित गरी १०० जीबीपीएस व्याकचोन नेटवर्क सञ्चालन गरिएको जानकारी दिएको छ।

नेपाली नागरिकहरुलाई वित्तीय पहुँच सहज रुपमा पुन्याउन सकियोस् भन्ने उद्देश्यले नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा आफ्नो सहायक कम्पनीको रुपमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीमार्फत गत २०७८ भाद्र २९ देखि ‘नमस्ते पे’ सेवा सञ्चालन गरेको समेत कम्पनीले आफ्नो कार्यक्रममा समावेश गरेको छ।

कम्पनीले विगतदेखि नै दुर्गम र अति विकट क्षेत्रमा समेत विभिन्न प्रकारका सेवाहरु उपलब्ध गराइरहेको भन्दै प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै कतिपय स्थानमा हेलिकप्टरबाट सामान ढुवानी गरेर तथा कतिपय स्थानमा भीस्याटमार्फत समेत सेवा उपलब्ध गराएको बताएको छ।

नयाँ प्रविधिका रुपमा ईसिमको देशव्यापी वितरण भइरहेको जानकारीदिएको छ। त्यस्तै मोबाइल सेवाको अत्याधुनिक संस्करणको रुपमा रहेको फाइभजी परीक्षणको सुरुवात गर्न गइरहेको छ र डाटा सेवाको माग पूरा गर्न वायरलेस होम ब्रोडव्याण्ड सेवा उपलब्ध गराइएको टेलिकमले भनेको छ।

कम्पनीले दिएको जानकारीअनुसार देशका अधिकांश स्थानमा फोरजी/ एलटीई सेवा विस्तार भएसँगै भीओएलटीई (VOLTE) को प्रयोग उल्लेख्य रुपमा वृद्धि भएको छ भने भीओवाईफाई अर्थात भ्वाइस ओभर वाईफाई (VoWIFI) सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप परीक्षण कार्य अन्तिम चरणमा रहेको छ। मुलुकभर सेवा विस्तार, भ्यालु एडेड सेवाहरुको विस्तार र नयाँ भ्याल एडेड सेवाहरुको शुरुवात पनि कम्पनीको प्राथमिकतामा रहेको जनाएको छ।

प्रकाशित: २२ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...