नयाँ मोडलको इभीको आगमनसँगै अमेरिकामा बीएमडब्ल्यूको बिक्री तीन गुणा हुने अपेक्षा

  • Technology Khabar | १८ माघ २०७९, बुधबार
नयाँ मोडलको इभीको आगमनसँगै अमेरिकामा बीएमडब्ल्यूको बिक्री तीन गुणा हुने अपेक्षा

काठमाडौं ।

बीएमडब्ल्यूले आफ्नो पोर्टफोलियो मोडल विस्तारबाट यस वर्ष अमेरिकामा ईभी बिक्रीमा उल्लेखनिय वृद्धिको अपेक्षा गरेको छ।

गत वर्ष अटोमेकरले बीएमडब्ल्यू आई४ स्पोर्टी फोर डोर, बीएमडब्ल्यू आईएक्स मिड साइज क्रसओभर र बीएमडब्ल्यू आई७ ठूलो सेडान लन्च गेको थियो। गत बीएमडब्ल्यूले अमेरिकामा कुल १५ हजार ५८४ यूनिट बीईभी बिक्री गरेको थियो।

२०२३ को लागि बीएमडब्ल्यूले अर्को आई४ भेरियन्ट एन्ट्री लेभल आई४ ईड्राइभ३५ र आई५ र अल इलेक्ट्रिक भर्सन ५ सिरिज मिड साइट सेडानको लन्चबाट ची गुणा बढी विद्युतीय सवारी बेच्ने अपेक्षा गरेको छ।

बीएमडब्ल्यूको उत्तर अमेरिकाको कार्यकारी उपाध्यक्ष शान बगबीले नाडामा ब्रान्डको मेक बैठक पछि अटोमोटिभ न्यूजलाई भने कि डिलरहरुले २०२३ मा ईभी भोल्युममा उल्लेखनीय वृद्धि देख्नुपर्छ।

बीएमडब्ल्यूले अमेरिकामा सन् २०२३ मा ४७ हजार ईभी बिक्री गर्नु पर्नेछ। यो भनेको अमेरिकाको कुल बिक्रीको ४.७ प्रतिशत हो। बगबीले बीएमडब्ल्यूको ईभी अमेरिकामा लोकप्रिय बन्दै गएको पनि दाबी गरे।
‘यो केवल ईस्ट कोस्ट, वेस्ट कोस्टको घटना मात्र होइन। यो यहाँ सम्पूर्ण बजारमा रहने कुरा हो। यो हाम्रो मानसिकता हो। हामी सबै ३५० डिलरहरू यसमा केन्द्रित हुन चाहन्छौं,’ उनले भने।

बीएमडब्ल्यू आई४ ईड्राइभमा रहेको ७०.२ किलोवाट आवर ब्याट्री प्याक ४१८ किलोमिटर रेञ्ज प्रदान गर्न सक्षम छ। ईभीमा रहेको सिंगल रियर इलेक्ट्रिक मोटरले २१० किलोवाट र ४०० एनएम टर्क पावर उत्पादन गर्छ।
५२ हजार ३९५ अमेरिकी डलरको बीएमडब्ल्यू आई४ ईड्राइभले ५.८ सेकेन्डमा ० देखि ९५ किलोमिटर प्रति घण्टाको गति लिन सक्छ।

प्रकाशित: १८ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार