
काठमाडौं ।
डिसेन्ट फिचर सहित मिड–रेन्जको ट्याबलेटको रुपमा टेकलास्ट एम४० प्रो ले सन् २०२१ मा डेब्यु गरेको थियो। हालै कम्पनीले कार्यसम्पादन र सफ्टवेयरमा केही उल्लेखनीय सुधारहरू सहित उक्त ट्याबलेटको रिफ्रेस्ड संस्करण प्रस्तुत गरेको छ। उक्त नयाँ टेकलास्ट एम४० प्रो २०२३ भर्सनमा १०.१ इन्चको डिस्प्ले र एन्ड्रोइड १२ समावेश गरिएको गिज्मोचाइनाले उल्लेख गरेको छ।
उक्त नयाँ ट्याबलेटको डिजाइन र एपीरियन्स भने परिवर्तन नगरिएको र २०२१ मोडेलमा जस्तै पातलो बेजेल र पछाडिको भागमा एउटा क्यामरा रहेको उल्लेख गरिएको छ। उक्त नयाँ ट्याबलेटमा १,९२० एक्स १,२०० पिक्सेल रिजोलुसन र १६ः१० एसपेक्ट सहितको १०।१ इन्चको डिस्प्ले छ।
साथै उक्त नयाँ ट्याबलेटको प्रोसेसरमा भने उल्लेखनीय परिवर्तन गरिएको बताइएको छ। चिनियाँ कम्पनीले एम४० प्रो २०२३ ट्याबलेटमा थप पावरफुल चिपसेट र र्यामका साथै तिव्र स्टोरेज समावेश गरेको छ। उक्त डिभाइसमा युनिसक टाइगर टी६१६ एसओसी चिपसेट, ८जीबीको र्याम र १२८ जीबीको यूएफएस २.१ फ्ल्यास स्टारेज रहेको उल्लेख गरिएको छ। २०२१ मोडलमा भने युनिसक टी६१८ र ६जीबीको र्यामका साथै स्लोअर स्टारेज छ।
उक्त नयाँ एम४० प्रो २०२३ ट्याबलेटमा ७,००० एमएएचको ब्याट्री छ। त्यसैगरी ८ मेगापिक्सेलको रियर क्यमरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यमरा गरि नयाँ ट्याबलेटमा कुल दुईओटा क्यामरहरु रहेका छन्।
यद्यपि अहिले उक्त नयाँ ट्याबलेट अलीएक्सप्रेस बाहेक अन्य कुनै ई–कर्मस प्ल्याटफर्महरुमा उपलब्ध नभएको र छिट्टै नै अमेजन आउन सक्ने भनी उल्लेख गरिएको छ। साथै उक्त टेकलास्ट एम४० प्रो २०२३ ट्याबलेटको मूल्य १५५ अमेरिकी डलर तोकिएको छ।
प्रकाशित: १५ माघ २०७९, आईतवार