रियलमीले कोकाकोलासँगको सहकार्यमा स्मार्टफोन ल्याउँदै

  • Technology Khabar | १३ माघ २०७९, शुक्रबार
रियलमीले कोकाकोलासँगको सहकार्यमा स्मार्टफोन ल्याउँदै

काठमाडौं ।

केहि दिन अघि कोका–कोला ब्रान्डेड स्मार्टफोनको रेन्डर देखा परेको थियो। यद्यपी उक्त स्मार्टफोनमा कुनै पनि ब्रान्डको लोगो नभएका कारणले गर्दा निर्माताको बारेमा रहस्य नै रहेको उल्लेख गरिएको थियो।

रियलमी १०/१०प्रो सिरिज डिभाइसँग समानता रहेको कारणले गर्दा उक्त कोला फोन रियलमी स्मार्टफोनको विशेष एडिसन हुन सक्ने बलियो सम्भावना रहेको उल्लेख गरिएको छ। त्यसैगरी उक्त सम्भावनालाई सहि साबित गर्दै रियलमीले ट्विटरमा पोस्ट गरेको एउटा छोटो क्लिपले कोका–कोलासँग सहकार्य गर्न लागेको खुलासा भएको छ।

रियलमीले ट्विटरमा सम्थिङ एक्साइटिङ ईज बब्लिङ टेक्स्ट लेखिएको भिडियो क्लिप पोस्ट गरेको उल्लेख गरिएको छ। साथै उक्त क्लिपमा सामान्यतया कोका–कोला जस्तो पेय पदार्थहरूमा देखिने रातो रङ्गको पृष्ठभूमिमा सबै फिज भएको स्मार्टफोनको दृश्य रहेको बताइएको छ।

रियलमीले आफ्नो भारतीय वेबसाइटमा उही पृष्ठभूमिको साथ रियलमी ईज सेट टू गेट रियल्ली रिफ्रेसिङ टेक्स्ट सहित एक ईभेन्ट पेज सेट अप गरेको बताइएको छ। उक्त पृष्ठमा पेय पदार्थको बोतलको छविमा पेयको फिज रियलम्याउ– रियलमीको आधिकारिक मस्कट र प्रमुख ट्रेन्ड अफिसरको आकारमा रहेको छ।

त्यसैगरी पछिल्लो समयमा देखा परेको कोला फोनको रेन्डर वास्तविक रहेको खण्डमा उक्त कोला फोन रियलमी १०/१०प्रो को विशेष संस्करण हुने उल्लेख गरिएको छ।

प्रकाशित: १३ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार