डिशहोममा १ वर्षको रिचार्ज गर्दा निशान्त बुढाले जिते नगद एक लाख 

  • Technology Khabar | १३ माघ २०७९, शुक्रबार

काठमाडौं ।

डिशहोम डिटिएचका ग्राहकले रिचार्ज गर्दा लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर अन्तरगत चाँदनी-दोधारा नगरपालिका-८ निवासी निशान्त बुढाले एक लाख रुपैयाँ जितेका छन्।

केदार ट्रेडिङको डिलर अन्तरगत रहेको दोधारा कंचनपुरका सह-बितरक न्यु एकता ट्रेडर्सका डिलर दाई रिङ्कु रोकायकोमा एक वर्ष रिचार्ज गरेर बुढाले लक्कि ड्रमा सहभागी हुने अवसर पाएको कम्पनीले उल्लेख गरेको छ।

डिशहोमको तर्फबाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमालले जितेको पुरस्कार रकम हस्तान्तरण गरे। विजेता बुढालाई हार्दिक बधाई दिँदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने विश्वास कम्पनीले लिएको छ।

हाल कम्पनीले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्ने अफर दिएको छ। यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

प्रकाशित: १३ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार