हुन्डाईले अमेरिकामा ईभीको विकास र फ्याक्ट्रीमा ८.५ बिलियन डलर लगानी गर्ने

  • Technology Khabar | १४ माघ २०७९, शनिबार
हुन्डाईले अमेरिकामा ईभीको विकास र फ्याक्ट्रीमा ८.५ बिलियन डलर लगानी गर्ने

काठमाडौं ।

हुन्डाई मोटर कम्पनीले इलेक्ट्रिफिकेसन रेञ्जको विस्तार र पहिलो ईभी फ्याक्ट्रीका लागि अमेरिकामा ८.५ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ।

हुन्डाई मोटर कम्पनीको स्वामित्वमा हुन्डाई, किया र जेनेसिस ब्रान्ड रहेका छन्।

कोरियन कम्पनीले यस जर्जियामा नयाँ इलेक्ट्रिक भेहिकल फ्याक्ट्रि तयार गर्न अघि ५.५ बिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो। फ्याक्ट्रीको निर्माण २०२३ को पहिलो क्वाटरबाट हुने बताइएको इनसाईडईभीले उल्लेख गरेको छ। बाँकी ३ बिलियन अमेरिकी डलर ब्रान्डको हाल उपलब्ध र आगामी ईभीको अनुसन्धान तथा विकासमा खर्च गरिनेछ।

कम्पनीसँग चर्चित ईभीमा हुन्डाई आयोनिक ५, किया ६ र जेनेसिन जीभी६० का साथै धेरै आन्तरिक दहन इन्जिन मोडलहरु पनि बनाउँछ। जसमध्ये केही अलाबा फ्याक्ट्रीमा उत्पादन हुन्छ।

अमेरिकामा निर्माण हुने नयाँ फ्याक्ट्री विशेषगरी ईभी उत्पादनमा केन्द्रित हुनेछ। साथै कम्पनीले स्थानीय ब्याट्री आपूर्तीकर्तासँग रणनीति साझेदारी पनि गर्नेछ। यसबाट कम्पनी अमेरिकाको संघीय ट्याक्स क्रेडिटको पनि लाभ प्राप्त गर्नेछ। हाल हुन्डाईका कुनै पनि सवरीले ७ हजार ५०० अमेरिकी डलर ट्याक्स क्रेडिट लाभ प्राप्त गरेका छैनन्।

सन् २०२३ मा कोरियाली अटोमेकरले अमेरिकामा ७३ हजार ईभी बिक्री गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा १५० प्रतिशत वृद्धि हो। गत वर्ष हुन्डाईले विश्वभर ३ लाख ३० हजार ईभी बिक्री गरेको थियो। २०२१ को तुलनामा यो ५४ प्रतिशत वृद्धि हो।

विश्वभर हुन्डाईको १२ ओटा उत्पादन केन्द्र छन्। टोयोटा र फक्सवागन पछि संख्याको आधारमा विश्वको तेस्रो ठूलो सवारी उत्पादक हो। सन् २०२२ मा कम्पनीले आन्तिरिक दहन इन्जिन, ईभी, हाईब्रिटगरी ७ मिलियन कार बिक्री गरेको थियो। गत क्वाटरमा कम्पनीको सञ्चालन नाफा दोब्बर बढेको थियो।

प्रकाशित: १४ माघ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार