चिनियाँ चिप प्रतिबन्धमा अमेरिकासँग सामेल हुँदै जापान र नेदरल्याण्ड्स

  • Technology Khabar | १३ माघ २०७९, शुक्रबार
चिनियाँ  चिप प्रतिबन्धमा अमेरिकासँग सामेल हुँदै जापान र नेदरल्याण्ड्स

काठमाडौं ।

संयुक्त राज्य अमेरिकाले चीन माथि लगाउँदै आएको चिप प्रतिबन्धमा जापान र नेदरल्याण्ड पनि सामेल हुने भएको ब्लूमबगर्ले एक रिपोर्टमा उल्लेख गरिएको छ। बेइजिङ्गको आफ्नै घरेलु चिप क्षमताहरू निर्माण गर्ने महत्वाकांक्षालाई कम गर्ने लक्ष्य सहित उक्त दुई राष्ट्र अमेरिकासँय समेल भएको आउटलेटका स्रोतहरूले जनाएको बताइएको छ।

डच कम्पनी एएसएमएल होल्डिंग एचभीलाई चिप निर्माणका लागि प्रयोग हुने डिप अल्ट्राभोइलेट लिथोग्राफी मेसिनहरू स्थानान्तरण गर्नबाट रोक लगाउनुका साथै जापानी निकोन कर्पोरेशनलाई पनि सोही प्रकारको प्रतिबन्ध लगाइने बताइएको छ।

उक्त संयुक्त प्रयास अमेरिकी राष्ट्रपति जो बिडेनको चीनको आफ्नै सेमिकन्डक्टरहरू निर्माण र विकास गर्ने क्षमतालाई सीमित गर्ने नीतिको विस्तारीत रुप रहेको बताइएको छ। लिथोग्राफी मेसिनरीको सेनामा एआई र मेसिन लर्निंगको लागि प्रयोग गरिएतापनि उक्त अमेरिकी नीतिले मोबाइल प्रविधि उद्योगलाई पनि असर गर्ने थप उल्लेख गरिएको छ।

अमेरिकी कम्पनीहरूलाई मात्र चीनसँग व्यापार गर्नबाट रोक लगाउँदा आफ्नो प्रतिस्पर्धात्मकतामा असर परेको भनी अमेरिकी उपकरण निर्माताहरूले गुनासो गरेका छन्। यद्यपि टोकियो इलेक्ट्रोनसँगै एएसएमएले भने चिप निर्माणका लागि प्रयोग हुने लिथोग्राफी मेसिनरीको कसरी निर्यात गरिरहेको छ भनेर डच र जापानी सरकारले पुनर्विचार गर्न बाध्य पारेको उल्लेख गरिएको छ।

लिथोग्राफी मेसिनरीको निर्यातमा अमेरिकी नेतृत्वको नियन्त्रणले अन्ततः चीनलाई आफ्नै उन्नत प्रविधि विकास गर्न धकेल्नेछ भनी एएसएमएलका सीईओ पिटर वेनिन्कले चेतावनी दिएका छन्। त्यसको लागि समय लाग्नेछ तर अन्ततः तिनीहरू त्यहाँ पुग्नेछन् भनी कार्यकारीले वेनिन्कले थप भने।

प्रकाशित: १३ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार