एप्पलले ल्याउन लागेको नयाँ रियालिटी प्रो हेडसेटको पूर्ण विवरण सार्वजनिक

Technology Khabar १२ माघ २०७९, बिहीबार

काठमाडौं ।

ब्लूमबर्गका मार्क गुर्मनले एप्पलको भीआर/एआर हेडसेटको विवरण सहित एक विस्तृत रिपोर्ट जारी गरेका छन्। एप्पल रियालिटी प्रो नामक उक्त हेडसेट डब्लुडब्लुडीसीमा घोषणा गरीने अपेक्षा गरिएको छ।

साथै यस वर्षको अन्त्यमा ३००० अमेरिकी डलरको मूल्यको साथ उक्त हेडसेटलाई अमेरिकामा लन्च गर्न सकिने सम्भावना रहेको पनि उल्लेख गरिएको छ।

एप्पलले सात वर्ष लामो परियोजना र रियालिटी प्रोको लागि भनेर एक हजार भन्दा बढि संख्यामा संलग्न भएका मानिसहरुको टेक्नोलोजी डेभलपमेन्ट ग्रुपको कामलाई समापन गर्ने लक्ष्यमा रहेको उल्लेख गरिएको छ। सन् २०१५ मा एप्पल वाच लन्च गरे पश्चात कम्पनीको लागि यो नयाँ क्याटगोरी अन्तर्गतको पहिलो परियोजना रहेको र उक्त परियोजनाको सफलताको लागि भनेर कम्पनीले ठूलो आर्थिक लागत दाउमा लगाएको उल्लेख छ।

आल्मुनियम, ग्लास र कुशनहरु समावेश गरि उक्त रियालिटी प्रोको निर्माण गरिने बताइएको छ। गुर्मनले उक्त हेडसेटलाई एप्पलको एयरपड्स म्याक्सको प्रतिरुप भएको बताएका छन्। उक्त नयाँ हेडसेटको आडिको भागमा कर्भड स्क्रिन र साइडमा स्पिकरहरु रहेको र हेडब्याण्डको सहायताले प्रयोगकर्ताको टाउकोमा लगाउन सकिने उल्लेख गरिएको छ। साथै उक्त रियालिटी प्रो हेडसेटमा एप्पलको एम२ प्रोसेसर समावेश गरिने बताइएको छ। त्यसैगरी प्रयोगकर्ताले आफ्नो खल्तिमा बोक्न मिल्ने र केबल मार्फत हेडसेटमा जोडिएको ब्याट्री प्याक समावेस गरिएको उल्लेख गरिएको छ। २ घण्टा सम्म टिक्ने उक्त ब्याट्री प्याकको आकार दुई ओटा आईफोन १४ प्रो म्याक्सको ब्याट्रीहरु स्ट्याक गरे बराबर साइजको भएको बताइएको छ।

उक्त हेडसेट प्रतिस्पर्धी उत्पादन मेटाको क्वेस्ट प्रो भन्दा भिन्न रहने उल्लेख गरिएको छ। यसमा फेस र आई ट्र्याकिङका साथै कम्बाईन भीआर(इनर भर्चुअल इन्भायरोमेन्ट) र एआर(अग्मेन्टेड रियल वर्ल्ड) रहेको उल्लेख गरिएको छ। त्यसैगरि आईफोन र आईप्याडमा जस्तै गरेर यसमा पनि आफ्नै इन्टरफेस रहेको र चलचित्रहरू हेर्नको लागि म्याकको जस्तै एक्सटर्नल स्क्रिनको रूपमा भिडियो कन्जम्सन डिभाइस समावेश गरिएको छ।

यसमा भएका एक्सटर्नल क्यामराहरुले हातलाई ट्र्याक गर्ने र भित्र रहेको सेन्सरले प्रयोगकर्ताको आँखालाई ट्र्याक गर्नेछ। हेडसेटमा रहेको उक्त सेन्सर ट्र्याकरले गर्दा प्रयोगकर्ताले कता हरि रहेको छ भनी उक्त हेडसेटले थाहा पाउन सक्ने र साथै उक्त हेडसेटले थ्रीडी इन्टरफेस (आन्तरिक रूपमा भनिने एक्सआरओएस) ले जस्तै बुढि औंलालाई र चोरी औंलाले पिन्च गरेर आईफोनसँग अन्तरक्रिया गर्न मिल्ने उल्लेख छ। यसले गर्दा एप्पलको रियालिटी प्रो हेडसेटलाई काम गर्नको लागि अन्य हेडसेटहरूलाई जस्तो भौतिक ह्यान्ड कन्ट्रोलरहरू आवश्यक नपर्ने उल्लेख गरिएको छ।

रियालिटी प्रोमा पनि एप्पल वाचमा जसरी नै डिजिटल क्राउन रहने भएकाले भीआर र एआर बिच स्विच गर्न सहज हुने बताइएको छ। भीआरबाट एआरमा स्विच गरेको खण्डमा पूर्ण रूपमा इमर्स्ड वातावरण फेड ब्याक भएर प्रयोगकर्ताको वास्तविक वातावरणले घेरिने गुरमानले उल्लेख गरेका छन्। । एप्पलले उक्त फिचर रियलिटी प्रोको हाइलाइटको रुपमा रहने भनी अपेक्षा गरेको गुरमानले रिपोर्टमा थप उल्लेख गरेका छन्।

त्यसैगरी रियालिटी प्रोको फेस टाइमले भर्चुअल वातावरणमा व्यक्तिको अनुहार र पूरा शरीरलाई यथार्थवादी रूपमा प्रस्तुत गर्न सक्षम रहेको बताइएको छ। मेटाको कार्टुनिश रेन्डेसनमा भन्दा एप्पलको उक्त भीआरमा कुराकानी गर्दा वास्तविकताको अझ धेरै नजिक महसुस गरेर दुई व्यक्तिले कुरा गर्न सक्ने छन्।

साथै प्रयोगकर्ताहरुले उक्त रियालिटी प्रोलाई म्याकको एक्सटर्नल मोनिटरको रुपमा उपयोग गर्न सक्नेछन्। प्रयोगकर्ताहरुले भर्चुअल रियालिटीमा डिस्प्ले देखेतापनि भौतिक रुपमा कम्प्युटरको टचप्याड वा माउस र किबोर्ड प्रयोग गर्न सक्ने बताइएको छ।

रियालिटी प्रोले पूर्ण रूपमा अन्तरिक्ष वा मरुभूमिको सिमुलेटेड वातावरणको जस्तै अनुकरण गरी विशाल थिएटर स्क्रिनमा चलचित्र हेरेको जस्तै भान वा महसुस गराउने दाबी गरिएको छ। तर स्पेसियल अडियो प्राप्त गर्नको लागि भने रियलिटी प्रोसँगे एयरपडहरू पनि लगाउनु आवश्यक पर्ने उल्लेख गरिएको छ।

एप्पलले आफ्नो एप्पल स्टोरहरूमा रियालिटी प्रो प्रयोग गर्नको लागि भनेर प्रयोगकर्ताहरूको लागि इन–स्टोर वातावरण तयार गरिरहेको उल्लेख गरिएको छ। एप्पलले रियलिटी प्रोमा दीर्घकालीन दृष्टिकोण अपनाइ रहेको र यसको ट्यागमा उच्च मूल्य रहेतापनि कम्पनीले पहिलो–जेन उत्पादनबाट नाफाको आशा नगरेको जीएसएमएरिनाले बताएको छ।

प्रकाशित: १२ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया