नेपाल टेलिकमको सेवा प्रदेश नम्बर १ मा फेरी अवरुद्ध भएपछि माग्यो माफी

  • Technology Khabar | ७ माघ २०७९, शनिबार
नेपाल टेलिकमको सेवा प्रदेश नम्बर १ मा फेरी अवरुद्ध भएपछि माग्यो माफी

काठमाडौं ।

नेपाल टेलिकमको सेवा प्रदेश नम्बर १ मा फेरी अवरुद्ध भएपछि कम्पनीले माफी मागेको छ।

कम्पनीले हालै सामाजिक संजालमार्फत प्रदेश नम्बर १ मा प्रदान गरिएका दूरसञ्चार सेवाहरू छोटो अवधिका लागि अवरुद्ध भएकोमा पुन सुचारु भएको जानकारी गराएको छ।

कम्पनीका आफ्ना सेवा अवरुद्ध भएर ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाप्रति नेपाल टेलिकम क्षमा मागेको छ।

टेलिकमको सेवा आज दिउँसो केहि समयका लागि पूर्णरुपमा अवरुद्ध भएको थियो।

यसअघि पनि सिराहाको लाहानमा अप्टिकल फाइबर सडक बिस्तारमा काटिएसँगै सेवा अवरुद्ध भएको थियो।

प्रकाशित: ७ माघ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...