
काठमाडौं ।
एप्पलले आगामी आईप्याड प्रो र म्याकबुक प्रो डिभाइसहरूको लागि ओएलइडी प्यानलहरूको अर्डरहरू दिएको कोरियाली स्रोतहरूले खुलासा गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ। नयाँ प्यानलहरू भएको ११ इन्च र १२.९इन्च को ट्याब्लेटहरू सन् २०२४ मा आउने अपेक्षा गरिएको र ल्यापटपहरू भने २०२६ को लागि निर्धारित गरिएको इन्साइडरले उल्लेख गरेको भनी जीएसएमएरिनाले बताएको छ।
त्यसैगरी फोल्डेबल प्यानलहरूबारे कुनै निश्चित योजना नभएतापनि त्यस बारे थप विचार भइरहेको स्रोतको दाबी छ।
पछिल्लो समय एप्पलले आईप्याड प्रो ११ र आईप्याड प्रो १२.९ ट्याब्लेटहरुमा एलसीडीलाई समावेश गरेको थियो। नयाँ प्यानलहरू हाल विकासको क्रममा रहेको र सीमित मात्रामा मात्रै निर्माण गरिएको हुनाले उक्त प्यानलहरू अन्तिम एस्मब्लिको लागि उपलब्ध हुन केही समय लाग्ने उल्लेख गरिएको छ।
त्यसैगरी म्याकबुक प्रोको अवस्था पनि उस्तै रहेको हुनाले दुबै १४ इन्च र १६ इन्च संस्करणहरूले अन्ततः प्यानलहरु फेर्नू पर्ने बताइएको छ। अहिलेसम्म, एप्पलले टच बारको लागि मात्र ओएलइडी प्रयोग गर्दै आएको र यसलाई २०२२ मा नोटबुकहरूबाट हटाइएको उल्लेख गरिएको छ।
एप्पलले आफ्नो उत्पादनहरूलाई थप प्रतिस्पर्धात्मक बनाउनका लागि ओएलइडी अपनाउनका लागि विशेष जोड दिइरहेको उल्लेख गरिएको छ। यसले गर्दा गर्दा अन्ततः प्यानल मूल्य घट्नेछ।
कपर्टिनोको एप्पल कम्पनीसँग सामसङ डिस्प्ले र एलजी डिस्प्लेको बलियो सम्बन्ध रहेको हुनाले उक्त दुई कम्पनीहरु मुख्य आपूर्तिकर्ता हुने अपेक्षा गरिएको बताइएको छ। विगतमा उक्त दुई कम्पनीहरुले आईफोनहरूका लागि प्यानलहरू उपलब्ध गराउँदै आएको उल्लेख गरिएको छ।
प्रकाशित: ८ माघ २०७९, आईतवार