
काठमाडौं ।
टाटा मोटर्सले आफ्नो इलेक्ट्रिक कार नेक्सन ईभीको मूल्य परिवर्तन गरेको छ। साथै कम्पनीले म्याक्स लाइनअपमा नयाँ ट्रिम ल्याएको छ।
अब टाटा नेक्सन ईभी प्राइम एक्सएमको शुरुवाती मूल्य १४ लाख ४९ हजार भारु (एक्स शोरुम) तोकिएको छ। मूल्य समायोजन गर्नु अघि टाटा नेक्सन ईभी प्राइम एक्सएमको शुरुवाती मूल्य १४ लाख ९९ हजार भारु थियो।
टाटा नेक्सन ईभीको टप भेरियन्ट म्याक्स एक्सडेड प्लस लक्सको मूल्य १८ लाख ९९ हजार भारु (एक्स शोरुम) तोकिएको छ। मूल्य समायोजन अघि टप भेरियन्टको मूल्य १९ लाख ८४ हजार भारु थियो।
सोमबार सार्वजनिक महिन्द्राको एक्सयूभी४०० इलेक्ट्रिक एसयूभीले भारतीय बजारमा टाटा नेक्सन ईभीलाई चुनौती दिने विश्वास गरिएको छ। महिन्द्राले एक्सयूभी४०० इलेक्ट्रिक एसयूभी दुई भेरियन्ट ईसी र ईएलमा सार्वजनिक गरेको हो। एक्सयूभी४०० इलेक्ट्रिकको शुरुवाती मूल्य १५ लाख ९९ हजार भारु (एक्स शोरुम) तोकिएको छ।
प्रतिस्पर्धी कम्पनीको तुलनामा ग्राहकलाई किफायती मूल्यमा ईभी उपलब्ध गराउनका लागि टाटालाई नयाँ ट्रिमको आगमनले पनि सहतजा प्रदान गरेको दइकोनोमी टाइम्सले उल्लेख गरेको छ।
सिप्रदी ट्रेडिङले नेपालमा टाटाका सवारी साधन बिक्री गर्दै आइरहेको छ। हाल कम्पनीले टाटा नेक्सन ईभी प्राइम एक्सएम ३८ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आइरहेको छ। भारतमा टाटा नेक्सनको मूल्य घटेसँगै यसको प्रभाव नेपालमा पनि पर्नेछ।
नेपालमा पनि टाटा नेक्सन ईभीको शूरुवाती मूल्य करिब १ लाख रुपैयाँले घट्न सक्नेछ।
प्रकाशित: ५ माघ २०७९, बिहीबार