
काठमाडौं ।
इलेक्ट्रिक सवारीमा बलियो उपस्थिति पछि टाटा मोटर्सले हाइड्रोजन इन्धनबाट चल्ने सवारी बनाउन केन्द्रित भइरहेको छ। अटो एक्स्पो २०२३ को अन्तिम दिन टाटा मोटर्सले हाइड्रोज फ्यूल सेलबाट चल्ने आफ्नो बस ‘स्टारबस फ्यूल सेल)को जानकारी दिएको छ।
यो हाइड्रोजनको शक्तिबाट चल्ने इलेक्ट्रिक बस हो जसलाई कम्पनीले पहिलो पटक सन् २०१८ मा पेश गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
बस हाइड्रोजनबाट सञ्चालन हुने भएकाले यसले शून्य उत्सर्जन गर्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार बसको इन्जिनमा हाइड्रोजन जलेपछि उत्सर्जनको रुपमा पानी मात्र निक्लन्छ। बसमा मेकानिकल इन्जिन नहुने भएकाले यात्राको क्रममा आवाज निस्कदैन।
डिजलबाट चल्ने बसको इन्जिनले केबल २० प्रतिशत ऊर्जालाई शक्तिमा परिणत गर्छ। जबकि फ्यूल सेल बसले ४० देखि ६० प्रतिशत ऊर्जालाई पावरमा परिणत गर्छ। यो साधारण बसभन्दा ३ गुण अधिक एफिसिएन्ट छ। यहि कारणले डिजल बसको तुलनामा फ्यूल सेस बसले ५० प्रतिशत इन्धत बचत गर्छ।
टाटाको फ्यूल सेल स्टारबस ३० सिट क्षमताको छ। यस बसको छतमा ४ ओटा हाइड्रोजन फ्यूल सेल जडान गरिएको छ। प्रत्येक फ्यूल सेलको क्षमता करिब १४.५ किलोग्रामको छ। बसको पछिल्लो एक्सेलमा रहेको दुई इलेक्ट्रिक मोटरले १८६ किलोवाट पावर आउटपुट र १०५० न्यूटन मिटर टर्क उत्पन्न गर्छ। बसको अधिकतम गति ७० किलोमिटर प्रति घण्टा छ।
बसको फ्यूल सेल सिस्टमलाई लिथियम आयन ब्याट्रीसँग जोडिएको छ। बसको कन्ट्रोलिङ सजिलो बनाउनका लागि यसमा हाइड्रोलिक पावर स्टेयरिङ, एयर डुअल सर्किट ब्रेक र एबीएसको प्रयोग गरिएका छ।
प्रकाशित: ५ माघ २०७९, बिहीबार