अपराध रोक्न सीसीटिभी क्यामरा

  • Technology Khabar | २७ पुष २०७९, बुधबार
अपराध रोक्न सीसीटिभी क्यामरा

काठमाडौं ।

जाजरकोट जिल्लामा आपराधिक गतिविधि नियन्त्रण गर्न नलगाड नगरपालिकाको बजार क्षेत्रमा सीसीटिभी क्यामरा जडान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहकार्य र नलगाड नगरपालिकाको सहयोगमा छेप्का बजार, कालीमाटी बेलिब्रिज, वनटाकुरा बारेकोट गाउँपालिका जाने सडकखण्डमा गरी ६ ओटा सीसीटिभी क्यामरा जडान गरिएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरोक्षक डीएसपी सन्तोष निरौलाका अनुसार आपराधिक गतिबिधिलाई सूक्ष्म रूपले निगरानी गरी कानुनी प्रक्रियामा ल्याउन सहज होस् भन्ने उद्देश्यले सीसीटिभी क्यामरा जडान गरिएको हो।

नगरपालिकाको करिब नौ लाख २० हजार रुपियाँ लगानीमा सीसीटिभी क्यामरा जडान गरिएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: २७ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार