एथर ४५० प्लसर र ४५० एक्सको फिचर अपडेट, ओरालोमा पछाडि नगुड्ने

  • Technology Khabar | २४ पुष २०७९, आईतवार

काठमाडौं ।

इलेक्ट्रिक स्कुटर निर्माता एथर एनर्जीले आफ्नो ४५० प्लस र ४५० एक्स इलेक्ट्रिक स्कुटर अपडेट गरेको छ। दुवै स्कुटरको रंग, फिचर र सिट अपग्रेड गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

बैंगलुरमा एथर कम्युनिटी डेको अवसरमा कम्पनीले एथर स्ट्याक ५.० अपरेटिङ सिस्टम पनि लन्च गरेको छ। अपडेटेड एथर ४५० प्लसको मूल्य १ लाख ३७ हजार भारु र ४५० एक्सको १ लाख ६० हजार भारु (एक्स शोरुम, दिल्ली) तोकिएको छ।

एथर ४५० एक्सको केवल नयाँ रंगमा उपलब्ध छ। कम्पनीले डिजाइनमा केही परिवर्तन गरेको छैन। एथर ४५० एक्स सेतो र स्पेस ग्रेका साथै अब ट्रु रेड, कस्मिक ब्ल्याक, स्लेट ग्रीन र लूनर ग्रेलगायत रंगमा उपलब्ध छ।

एथर एनर्जीले एथर स्ट्याक पनि अपडेट गरेको छ। इलेक्ट्रिक स्कुटरको सफ्टवेयर, फर्मवेयर, सिस्टम इन्टिलिजेन्स र एल्गोरिदम छन्। यसमा ब्याट्री लाइफ बढाउनका लागि चार्जरमा प्लग गर्दा अधिक रेञ्ज प्रेडिक्सन र इन्टिलिजेन्स अटो कट अफलगायत फिचर छन्।

सफ्टवेयर अपडेटमा नयाँ यूजर इन्टरफेस पनि छ जसको मद्दतबाट उपयोगकर्ता ब्लूटूथको माध्यमबाट आफ्नो डिभाइस कनेक्ट हुन्छ। मोटर शुरु हुनु अघि नै नेभिगेशन शुरु हुन्छ। नयाँ अन स्क्रीन एनिमेसनमा अलग अलग मोडमा ब्याट्रीको उपयोग र खपत डिस्प्ले गर्छ। टीपीएमएस डाटा देखाउनका लागि नयाँ क्विक भ्यू सेक्सन पेश गरिएको छ।

यसका साथै ४५० मा गुगल म्याप पनि अपडेट गरिएको छ। नयाँ अपडेटमा नयाँ अटोहोल्ड फक्सन पनि छ। जसले कारमा पाइने हिल होल्ड जस्तै काम गर्छ। यसबाट ओरालोमा इलेक्ट्रिक स्कुटर पछाडि गुड्दैन। नयाँ सीट अघि साँघुरा, बिचमा फराकिलो र पछाडि उठेको छ।

प्रकाशित: २४ पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया