पाल्म रिडिङ आईरिडर स्मार्ट एयर प्रो ई–पेपर बुक सार्वजनिक

  • Technology Khabar | १९ पुष २०७९, मंगलवार
पाल्म रिडिङ आईरिडर स्मार्ट एयर प्रो ई–पेपर बुक सार्वजनिक

काठमाडौं ।

पाल्म रिडिङ आईरिडर स्मार्ट एयर प्रो ई–नोट चीनमा आधिकारीक रुपमा अनावरण गरिएको छ। उक्त नयाँ ई–पेपर बुक रिडरमा ८ ईन्चको ३०० पीपीआई इंक स्क्रिन समावेश गरिएको बताइएको छ। पूर्ववर्ती मोडलहरु तुलनामा हालको नयाँ ई–पेपर बुक रिडरको स्टोरेज क्षमता वृद्धि गरिएको र अन्य पर्फमेन्सहरुमा पनि उल्लेखनिय सुधार गरिएको बताइएको छ। साथै उक्त ई–पेपर बुक रिडरको डिस्प्ले निकै नै उत्कृष्ट भएको उल्लेख गरिएको छ।

उक्त स्मार्ट एयर प्रो इ–नोटले वायरलेस इयरफोनको लागि ब्लुटुथ ५.१ सपोर्ट गर्ने बताइएको छ। साथै ग्याजेटमा ७५ घण्टा सम्म टिक्ने २,४०० एमएएचको ब्याट्री समावेश गरिएको बताइएको छ। त्यसैगरी ग्याजेटलाई स्ट्याण्डबाई राखेको खण्डमा उक्त ब्याट्री ४५ दिन सम्म टिक्ने उल्लेख गरिएको छ।

उक्त पछिल्लो पाल्म रिडिङमा निकै नै हाई इण्ड अफरिङहरु समावेश गरिएको र नयाँ जेनेरेसनको इलेक्ट्रोनिक पेपरबुक भएको बताइएको छ। त्यसैगरी ग्याजेटमा २ गिगाहर्ज क्वाड–कोर सीपीयू, २जीबी र्यामको साथै १२८ जीबी स्टोरेज समावेश गरिएको बताइएको छ। अघिल्लो मोडलहरुको तुलनामा उक्त नयाँ ग्याजेटमा धेरै स्टोरेज क्षमता उपलब्ध भएको हुनाले धेरै पुस्तकहरु अटाउने वा स्टोरेजमा राख्न मिल्नेछ। कार्टा १२०० प्यानल प्रयोग गरिएको हुनाले रिफ्रेस रेट र कन्ट्रास्ट रेटमा उल्लेखनिय रुपमा सुधार आएको र ग्याजेटको थिकनेसमा ४० प्रतिशतले कमी आएको छ। विशेष गरी आफ्नो पूर्ववर्ती मोडहरु भन्दा नयाँ पाल्म रिडिङको डिस्प्लेको रिफ्रेस रेट र क्न्ट्रास्ट रेसियोमा २२ प्रतिशत र १५ प्रतिशतले क्रमशः बढाइएको उल्लेख गरिएको छ।

आईरिडर स्मार्ट एयर प्रो विशेष गरी पुस्तकहरु पढ्न, नोटहरु टिपोट गर्न र पीडीएफ फाइलहरु सम्पादन गर्नको लागि डिजाइन गरिएको बताइएको छ।आईरिडरको उक्त प्रोडक्टले पहिलो पटक अंग्रेजी भाषा पनि सपोर्ट गर्ने उललेख गरिएको छ। त्यसैगरी २८ लेवलका वार्म र कोल्ड लाइटहरु फ्रन्ट–लिट डिस्प्लेको रुपमा ग्याजेटमा समावेश गरिएको छ।

चीनका प्रमुख ई–कमर्स प्लेटफर्महरुबाट खरिद गर्न सकिने स्मार्ट एयर प्रोको मूल्य ३१९ अमेरिकी डलर तोकिएको र अन्तराष्ट्रिय बजारको लागि ढुवानी लागत थप जोडिने उल्लेख गरिएको छ।

प्रकाशित: १९ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार